रोचक/विविध
दैनिक दुई पटक दाँत माझ्दा यस्तो पो हुँदो रै'छ

+ Font Size | - Font Size Bookmark and Share
Solidarity Reporter - 2010-05-29 04:55:30

दैनिक दुईपटक दाँत माझ्नाले  हृदयाघातबाट जागिन सकिने अध्ययनले देखाएको छ । वैज्ञानिकका अनुसार दाँत सफा नराख्नेहरू मुटुरोगबाट पीडित छन् । दाँतका जीवाणुका कारण मुटुको समस्या हुने गरेको तथ्य त पहिले नै थाहा भइसकेको छ । तर, मुटुको समस्या दाँत माज्ने बानीसँग पनि जोडिएको हुन्छ भन्ने पहिलोपटक पत्ता लागेको हो ।

अध्ययनका अनुसार कहिल्यै दाँत नमाज्नेमा मुटुको समस्या दैनिक दुईपटक माज्नेमा भन्दा ७० प्रतिशत बढी हुन सक्छ । यसअघिको अध्ययनले अश्वस्थ दाँत र गिजाबाट रगत आउने समस्या भएकाहरूमा सात सय प्रकारको जीवाणु रगतमा पुग्ने र हृदयाघातको जोखिम पनि हुने देखिएको थियो । यद्यपि, व्यक्ति शारीरिक रूपमा कति स्वस्थ छ भन्नेमा भर पर्ने बताइएको छ । रक्तसञ्चार प्रणलीमा जीवाणु प्रवेश गर्दा रगतका धमनीहरू साँघुरो हुन सक्छ ।

पछिलो अध्ययन 'युनिभर्सिटी कलेज लन्डन'का अनुसन्धानकर्ताले करिब ५० वर्ष उमेर समूहका ११ हजार मानिसमा गरेका थियो । अनुसन्धानमा सहभागीहरू स्कटिस स्वास्थ्य सर्वेक्षणमा सहभागीहरू भएको बताइएको छ । सहभागीहरूलाई आफ्नो डेन्टिस्टलाई कति समयमा भेट्ने गरिएको छ, दाँत कतिपटक माज्ने गरिन्छ र मेडिकल हिस्ट्रीबारे सोधिएको थियो । सहभागीमध्ये ६२ प्रतिशतले मात्र हरेक ६ महिनामा एकपटक आफ्नो डेन्टिस्टसँग भेट्ने गरेको बताएका थिए । त्यस्तै ७१ प्रतिशतले हरेक दिन दुईपटक दाँत माज्ने गरेको जानकारी दिए । बि्रटिस मेडिकल जर्नलमा प्रकाशित उक्त प्रतिवेदनका अनुसार आगामी वर्षमा पाँच सय ५५ लाई गम्भीर प्रकृतिक मुटुको समस्या हुने र तीमध्ये एक सय ७० को ज्यानै जान सक्छ । तर, मोटोपना, धूमपानको लत पनि हृदयाघातका प्रमुख कारक तत्त्व मानिन्छ । अनुसन्धानकर्ता रिचार्ड वाट् भन्छन्, 'दन्त स्वास्थ्य र कार्डियो भास्कुलर डिजिजबीचको सम्बन्ध हाम्रो अध्ययनले पुष्टि गरेको छ ।' तर, दन्त स्वास्थ्यले ल्याउने मुटुको समस्या कति गम्भीर किसिमको हुन्छ भन्नेबारे थप अध्ययन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

Comments - Post Now
"good सर्वेक्षण thankyou "
mani prasad -2010-07-01 14:29:50
सम्बन्धित समाचार
अन्य समाचार

Friday, 10th Sep 2010
विदेशमा नेपाली गतिविधि
बाबुराम भंडारी सिंगापुर । नेपाली नारीहरुको महान पर्व तिजका अबसर पारेर सिंगापुरमा पनि नेपाली महिलाहरुले पहिलोपटक हर्षोल्लासका साथ भाद्र २४ गते तिज मनाएका छन । सगरमाथा आरोहि तेम्बा सेर्पाको "हिमाली हावा" सिडी क्यासेटको विमोचन हालै अमेरिकामा भएको छ । क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, गोपाल अधिकारी अथवा टवाकेन्द्रका साथमा नेपाली आधुनिक गायक याम बराल र गायिका नलिना चित्राकारको भव्य प्रश्तुति रहेको कार्यक्रम सान फ्रान्सिस्को स्थित हिलटन होटलमा यहि सेप्टम्वर ८ मा सम्पन्न भएको छ । ध्रुव थापा । नेपाल विश्व सहयोग संघले अब आफ्नो ध्यान च्यटरहरुलाई ब्यबस्थित गर्ने तथाअमेरिकी राज्यहरुमा सङठन बिस्तार तिर केन्द्रित भएको छ । कृष्णप्रकाश श्रेष्ठमास्को ४ सेप्टेम्बर २०१० शनिवार । रुसको राजधानी मास्कोको स्थापना भएको ८६४ वर्ष पुरा भएको अबसरमा ४ सेप्टेम्बरका दिन युरोपकै सर्वोच्च हिमशिखर पूर्वी चुचुरो ५६२९ मिटर र पश्चिमी चुचुरो ५६४२ मिटर एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत गरिएको छ लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् ।
थप समाचारहरु More News
साहित्य
तीजको गीत-सुशिला कार्की, लण्डन -
आमाको मिठो मनमा गुन्जने माया भित्र छम्म छाम नाच्दै भित्रियाछ तीज नेपाली घर आँगनमा
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: