मुख्य समाचार
झलनाथलाई यथावत राख्न दायर गरिएको रिट खारेज

+ Font Size | - Font Size Bookmark and Share
Solidarity Reporter - 2010-07-30 07:22:37
साउन १४ काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव फिर्ता लिने कामचलाउन प्रधानमन्त्री माधव कुमार नेपालको निर्णय विरुद्ध सर्वोच्चमा परेको रिट सर्वोच्चले खारेज गरिदिएको छ ।

न्यायाधिस बलराम केसीको एकल इजलासले रिट खारेज गरेको हो । अदालतले संविधानसभाको कार्य व्यवस्था समितिले गर्ने काम कारबाहि अदालतको सीमाभित्र नपर्ने तर्क गर्दै झलनाथ खनालको उमेदवारी यथावत राखियोस भनेर दायर गरिएको रिट खारेज गरेको हो ।

सविधानसभा नियमावलीमाथी अदालतमा प्रश्न उठाउन नपाइन प्रावधान रहेको र त्यसमा अदालतले हस्तक्षेप गर्न नमिल्ने भन्दै माधव कुमार नेपाल विरुद्ध परेको रिट खारेज भएको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो ।

व्यवस्थापिका संसदको कार्य सन्चालन नियमावलीविपरित खनालको उम्मेद्वारी फिर्ता लिइएको भन्दै एमाले कानुन विभाग सदस्य भविश्वर गुरुङ र अधिवक्ता कुमार शर्मा आचार्यले गएको मंगलबार सर्बोच्चमा रिट दायर गर्नुभएको थियो ।
Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार

Wednesday, 8th Sep 2010
विदेशमा नेपाली गतिविधि
लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् । नेपाली एकता समाज मलेसियाले आफनो ८ बर्षे कार्य अबधि पुरा गरी स्वदेश फर्किनु हुने नेपाली एकता समाजका एक बरिष्ट सदस्य प्रकास राईलाई धुमधामका साथ बिदाई कार्यक्रम सम्पन्न गरेको छ । सल्यान जिल्लावाट रोजगारीमा आई मलेसियाको निलाई क्षेत्रमा कार्यरत सल्यानवासीहरुले जनसम्पर्क समितीको गठन गरेका छन । प्रेम बुढाथोकी नर्वे । नेपाललाई विश्व सामु चिनाउने सपना बोकेर विश्व साईकल यात्रामा निस्केका बिश्व साइकल यात्री धकेंशोर बुढाथोकी नर्बेको ओस्लोमा आइपुग्नु भएको छ । मधु पौडेल,पाकिस्तान । एन एस एफ अर्थात् नेपलिज स्टुडेन्ट फाउन्डेसन ( नेपाली विद्यार्थीहरुको छाता सङ्गठन )पाकिस्तानको हालै बसेको बैठकले आफ्नो संगठनको अध्क्षय पदमा सर्बसम्मतीबाट अब्बास अन्सारीलाई नियुक्त गरेको छ । ५ सेप्टेम्बर । अमेरिकाको नेपाली गाउँ भनेर चिनिने भर्जिनियाको मनासस शहरमा विशाल नेपालीको उपस्थितिमा तिज महोत्सब भब्य रुपमा सम्पन्न भएको छ।
थप समाचारहरु More News
साहित्य
सानुको तीज-सीता बराल -
सानु आज धेरैबेर रोइरहिन । जीवनको लामो भोगाइका उतारचढावहरु पार गर्दै आउदा आज ठूलो चोटको महशुस भयो । कुनै शिकारीको हातबाट बच्न सफल भए जस्तै उनको शरिर लगलग कापीरहेको छ ।
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: