मोफसल
काँग्रेसले भेट्यो साना दललाई, साना दलले भने : उमेदवारी फिर्ता लिनुस

काँग्रेसको संसदीय दलको कार्यालय सिहदरबारमा भएको छलफलमा काँग्रेसको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार तथा संसदीय दलका नेता रामचन्द्र पौडेल सहितका काँग्रेसका नेताहरुले सहयोगको आग्रह गरेका छन् ।
माओवादी र एमालेको नेतृत्वका यसअघिका सरकारहरु प्रभावकारी हुन नसकेको भन्दै सबैलाई मिलाएर लैजाने क्षमता काँग्रेसमा मात्रै भएको काँग्रेस नेताहरुले दाबी गरेका छन् । कांग्रेस नेताहरुले नेकपा एमालेले पनि आफुहरुलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
छलफलमा नेकपा माले नेकपा संयुक्त समाजबादी प्रजातान्त्रीक जनता पार्टी लगाएतका पार्टीका नेताहरु सहभागी भएको काँग्रेस संसदिय दलको कार्यांलयले जनाएको छ ।
तर साना दलका नेताहरुले पार्टीका संसदीय दलका नेताहरुले भने उमेदवारी फिर्ता लिएर राष्ट्रिय सहमतीको मार्ग प्रशस्त गर्न आग्रह गरेको स्रोतले बताएको छ । उनीहरुले आफुहरुले यहि कुरा माओबादीलाई पनि भन्ने र उमेदवारी फिर्ता लिन लगाएर राष्ट्रिय सहमतीको वातावरण तयार पार्ने जवाफ दिएको बताइएको छ ।
Comments - Post Now
* Comments not approved for this news yet











