मुख्य समाचार
कांग्रेस उम्मेदवारी फिर्ता लिन तयार : सुजाता

+ Font Size | - Font Size Bookmark and Share
Solidarity Reporter - 2010-07-30 05:50:19

साउन १४, बिराटनगर । कांग्रेस नेतृ सुजाता कोइरालाले राष्ट्रिय सहमति कायम भए कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने दाबी गरेकी छन्। उनले सहमतिको सरकारका लागि दलहरु अग्रसर भए कांग्रेसले एकमतले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन तयार रहेको बताइन्।

‘राष्ट्रिय सहमति कायम गर्न कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन्छ'-प्रेस युनियन मोरङले शुक्रबार कोइराला निवास विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले भनिन,‘शान्ति र संविधानका लागि कांग्रेस त्याग गर्न तयार छ।' उनले बहुमतीय आधारमा प्रधानमन्त्रीको चयन गरेर मुलुकलाई बन्धक बनाउनु भन्दा सहमतिका लागि प्रयास गर्नुपर्नेमा जोड दिइन्।

‘संविधान निर्माण र राष्ट्रिय सहमतिका लागि काँग्रेस त्याग गर्न तयार छ'-उनले भनिन,‘कांग्रेसलाई सरकार र सत्ताको लोभ छैन।'

‘छलफल गरेर प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता हुन्छ, त्यसमा दुई मत हुँदैन'-सुजाताले भनिन्।

बहुमतीय सरकारले राष्ट्र र जनताका लागि कुनै पनि काम गर्न नसकेकाले सहमतिकै सरकार अपरिहार्य रहेको उनको भनाई छ। उनले कांग्रेसलाई बाइपास गरेर मुलुकको समस्या समाधान नहुने दाबी पनि गरिन्। शान्ति प्रकृयाप्रति माओवादी गम्भीर नरहेको उनको आरोप छ।

Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार

Wednesday, 8th Sep 2010
विदेशमा नेपाली गतिविधि
लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् । नेपाली एकता समाज मलेसियाले आफनो ८ बर्षे कार्य अबधि पुरा गरी स्वदेश फर्किनु हुने नेपाली एकता समाजका एक बरिष्ट सदस्य प्रकास राईलाई धुमधामका साथ बिदाई कार्यक्रम सम्पन्न गरेको छ । सल्यान जिल्लावाट रोजगारीमा आई मलेसियाको निलाई क्षेत्रमा कार्यरत सल्यानवासीहरुले जनसम्पर्क समितीको गठन गरेका छन । प्रेम बुढाथोकी नर्वे । नेपाललाई विश्व सामु चिनाउने सपना बोकेर विश्व साईकल यात्रामा निस्केका बिश्व साइकल यात्री धकेंशोर बुढाथोकी नर्बेको ओस्लोमा आइपुग्नु भएको छ । मधु पौडेल,पाकिस्तान । एन एस एफ अर्थात् नेपलिज स्टुडेन्ट फाउन्डेसन ( नेपाली विद्यार्थीहरुको छाता सङ्गठन )पाकिस्तानको हालै बसेको बैठकले आफ्नो संगठनको अध्क्षय पदमा सर्बसम्मतीबाट अब्बास अन्सारीलाई नियुक्त गरेको छ । ५ सेप्टेम्बर । अमेरिकाको नेपाली गाउँ भनेर चिनिने भर्जिनियाको मनासस शहरमा विशाल नेपालीको उपस्थितिमा तिज महोत्सब भब्य रुपमा सम्पन्न भएको छ।
थप समाचारहरु More News
साहित्य
सानुको तीज-सीता बराल -
सानु आज धेरैबेर रोइरहिन । जीवनको लामो भोगाइका उतारचढावहरु पार गर्दै आउदा आज ठूलो चोटको महशुस भयो । कुनै शिकारीको हातबाट बच्न सफल भए जस्तै उनको शरिर लगलग कापीरहेको छ ।
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: