मुख्य समाचार
राज्य पूनसंरचना आयोग अलपत्र

+ Font Size | - Font Size Bookmark and Share
Solidarity Reporter - 2010-07-29 23:44:08

साउन १४, काठमाडौं । २ महिनाको कार्यावधि सहित श्रावण १५ गतेदेखि काम थाल्ने गरी गठन गर्ने निर्णय गरिएको राज्य पूनसंरचना आयोग अलपत्र भएको छ । काम सुरु गर्नका लागि तोकिएको म्याद १ दिन बाँकी रहँदा पनि तीन दलले आयोगलाई पूर्णता नदिएपछि पूनस्रंरचना आयोग अलपत्र परेको हो ।

सात जना विज्ञ रहने गरी राज्य पुनसंरचनाको साझा खाका टुंगो लगाउनका लागि गठन गर्ने सहमति गरिएको राज्य पूनसरंचना आयोग प्रधानमन्त्रीको निर्वाचनले गर्दा अलपत्र परेको हो ।

प्रधानमन्त्रीको निर्वाचन प्रकि्रया जारी रहेकाले दलहरुले आयोगलाई पूर्णता दिनका लागि प्राथमिकता दिएका छैनन् ।

अझ मधेशवादी दलहरुले आयोग गठन प्रति असहमति जनाउँदै तीन दलीय निर्णय खारेज गर्न माग गर्दै आधारपत्र तयार पारेका छन् भने प्रधानमन्त्रीको दावेदारी गरिरहेका नेपाली काँग्रेस र एनेकपा माओवादीले मधेशवादी दलहरुको सो मागप्रति समर्थन गरेकाले अब आयोगले काम गर्न नसक्ने निश्चित भएको छ ।

संविधान निर्माणका क्रममा शीर्ष राजनीतिक दलहरुबीच राज्यको पूनसंरचनाका सम्बन्धमा एकमत हुन सकेको छैन ।
Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार

Friday, 10th Sep 2010
विदेशमा नेपाली गतिविधि
बाबुराम भंडारी सिंगापुर । नेपाली नारीहरुको महान पर्व तिजका अबसर पारेर सिंगापुरमा पनि नेपाली महिलाहरुले पहिलोपटक हर्षोल्लासका साथ भाद्र २४ गते तिज मनाएका छन । सगरमाथा आरोहि तेम्बा सेर्पाको "हिमाली हावा" सिडी क्यासेटको विमोचन हालै अमेरिकामा भएको छ । क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, गोपाल अधिकारी अथवा टवाकेन्द्रका साथमा नेपाली आधुनिक गायक याम बराल र गायिका नलिना चित्राकारको भव्य प्रश्तुति रहेको कार्यक्रम सान फ्रान्सिस्को स्थित हिलटन होटलमा यहि सेप्टम्वर ८ मा सम्पन्न भएको छ । ध्रुव थापा । नेपाल विश्व सहयोग संघले अब आफ्नो ध्यान च्यटरहरुलाई ब्यबस्थित गर्ने तथाअमेरिकी राज्यहरुमा सङठन बिस्तार तिर केन्द्रित भएको छ । कृष्णप्रकाश श्रेष्ठमास्को ४ सेप्टेम्बर २०१० शनिवार । रुसको राजधानी मास्कोको स्थापना भएको ८६४ वर्ष पुरा भएको अबसरमा ४ सेप्टेम्बरका दिन युरोपकै सर्वोच्च हिमशिखर पूर्वी चुचुरो ५६२९ मिटर र पश्चिमी चुचुरो ५६४२ मिटर एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत गरिएको छ लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् ।
थप समाचारहरु More News
साहित्य
तीजको गीत-सुशिला कार्की, लण्डन -
आमाको मिठो मनमा गुन्जने माया भित्र छम्म छाम नाच्दै भित्रियाछ तीज नेपाली घर आँगनमा
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: