मुख्य समाचार
चार्ल्स शोभराजको फैसला आज

+ Font Size | - Font Size Bookmark and Share
Solidarity Reporter - 2010-07-29 23:12:57

१४ साउन, काठमाडौं । सिरियल किलर र बिकिनी किलरका रुपमा कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज विरुद्ध परेको मुद्धामा आज फैसला हुने भएको छ ।
न्यायधीसद्धय रामकुमार प्रसाद शाह र गौरी ढकालको इजलासमा विचाराधीन शोभराजविरुद्धको कर्तव्य ज्यान मुद्दाको फैसला आजको लागि तोकिएको थियो । अन्य कुनै कारण नभए मुद्दाको अन्तिम फैसला आज हुने सर्वोच्च अदालतले जनाएको छ । 

यसअघि असार ३० गते अन्तिम फैसला हुने भनिएपनि मिसिल प्रमाणको अध्ययन र मुल्यांकन गर्न समय अपुग भएको भन्दै इजलासले आजको लागि मिति सारेको थियो । 


शोभराजमाथी अमेरिकी नागरिक कोन्नीजो ब्रेन्चिज र क्यानडेली नागरिक अरमान्ट लरेन्टको हत्या अभियोग छ । २०३१ सालमा नेपाल आएका बेला यी दुई विदेशी नागरिकको हत्या गरी फरार शोभराज पछिल्लो पटक २०६० सालमा नेपाल आउदाँ पक्राउ परेका थिए । 

Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार

Wednesday, 8th Sep 2010
विदेशमा नेपाली गतिविधि
लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् । नेपाली एकता समाज मलेसियाले आफनो ८ बर्षे कार्य अबधि पुरा गरी स्वदेश फर्किनु हुने नेपाली एकता समाजका एक बरिष्ट सदस्य प्रकास राईलाई धुमधामका साथ बिदाई कार्यक्रम सम्पन्न गरेको छ । सल्यान जिल्लावाट रोजगारीमा आई मलेसियाको निलाई क्षेत्रमा कार्यरत सल्यानवासीहरुले जनसम्पर्क समितीको गठन गरेका छन । प्रेम बुढाथोकी नर्वे । नेपाललाई विश्व सामु चिनाउने सपना बोकेर विश्व साईकल यात्रामा निस्केका बिश्व साइकल यात्री धकेंशोर बुढाथोकी नर्बेको ओस्लोमा आइपुग्नु भएको छ । मधु पौडेल,पाकिस्तान । एन एस एफ अर्थात् नेपलिज स्टुडेन्ट फाउन्डेसन ( नेपाली विद्यार्थीहरुको छाता सङ्गठन )पाकिस्तानको हालै बसेको बैठकले आफ्नो संगठनको अध्क्षय पदमा सर्बसम्मतीबाट अब्बास अन्सारीलाई नियुक्त गरेको छ । ५ सेप्टेम्बर । अमेरिकाको नेपाली गाउँ भनेर चिनिने भर्जिनियाको मनासस शहरमा विशाल नेपालीको उपस्थितिमा तिज महोत्सब भब्य रुपमा सम्पन्न भएको छ।
थप समाचारहरु More News
साहित्य
सानुको तीज-सीता बराल -
सानु आज धेरैबेर रोइरहिन । जीवनको लामो भोगाइका उतारचढावहरु पार गर्दै आउदा आज ठूलो चोटको महशुस भयो । कुनै शिकारीको हातबाट बच्न सफल भए जस्तै उनको शरिर लगलग कापीरहेको छ ।
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: