मुख्य समाचार
प्रधानमन्त्री नचुनिए मुलुक गोलचक्करमा फस्ने प्रचन्डको घोषणा

+ Font Size | - Font Size Bookmark and Share
Solidarity Reporter - 2010-07-29 10:13:10
एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं भावी प्रधानमन्त्रीका प्रत्यासी प्रचण्डले आगामी सोमवार हुने निर्वाचनबाट पनि नयाँ प्रधानमन्त्री चयन नभए मुलुक गोलचक्करमा फस्ने बताउनु भएको छ ।अखिल नेपाल लेखक संघले विहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले देशलाई गोलचक्करवाट बचाउन तीब्र बहसको जरुरी रहेको बताउनुभयो । मुलुक युगान्तकारी परिवर्तनको चरणमा रहेकाले अग्रगामी शक्तिहरु एकजुट हुने समय आएको प्रचण्डको भनाई थियो । उहाँले अग्रगामी परिवर्तनको पक्षमा जुटन बौद्धिक समूदायसँग आग्रह गर्नुभयो ।

माक्र्सबादी साहित्य र जनयुद्धको सौनर्य नामक पुस्तकको विमोचन गर्दै प्रचण्डले दशक लामो माओवादी जनयुद्धको आयाम मध्ये साहित्य पनि महत्वपूर्ण रहेको बताउनुभयो । देश युगान्तकारी परिवर्तनमा रहेको तथा विश्व कम्युनिष्ट आन्दोलनमा संशोधनवादी धार प्रकट भएको समयमा प्रगतिशिल साहित्यलाई सुधार्दै लैजानु पर्ने आवश्यकता औल्याउनु भयो ।

कार्यक्रममा माओवादी उपाध्यक्ष मोहन बैद्य किरणले जनताको मुक्ति र देशलाइ नयाँ दिशा दिन प्रगतिशिल साहित्यले उर्जा प्रदान गर्ने बताउनुभयो । उहाँले माओवादी जनयुद्ध लगायत पछिल्लो राजनीतिक परिवर्तनमा प्रगतिशिल साहित्यको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।

Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार

Friday, 10th Sep 2010
विदेशमा नेपाली गतिविधि
बाबुराम भंडारी सिंगापुर । नेपाली नारीहरुको महान पर्व तिजका अबसर पारेर सिंगापुरमा पनि नेपाली महिलाहरुले पहिलोपटक हर्षोल्लासका साथ भाद्र २४ गते तिज मनाएका छन । सगरमाथा आरोहि तेम्बा सेर्पाको "हिमाली हावा" सिडी क्यासेटको विमोचन हालै अमेरिकामा भएको छ । क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, गोपाल अधिकारी अथवा टवाकेन्द्रका साथमा नेपाली आधुनिक गायक याम बराल र गायिका नलिना चित्राकारको भव्य प्रश्तुति रहेको कार्यक्रम सान फ्रान्सिस्को स्थित हिलटन होटलमा यहि सेप्टम्वर ८ मा सम्पन्न भएको छ । ध्रुव थापा । नेपाल विश्व सहयोग संघले अब आफ्नो ध्यान च्यटरहरुलाई ब्यबस्थित गर्ने तथाअमेरिकी राज्यहरुमा सङठन बिस्तार तिर केन्द्रित भएको छ । कृष्णप्रकाश श्रेष्ठमास्को ४ सेप्टेम्बर २०१० शनिवार । रुसको राजधानी मास्कोको स्थापना भएको ८६४ वर्ष पुरा भएको अबसरमा ४ सेप्टेम्बरका दिन युरोपकै सर्वोच्च हिमशिखर पूर्वी चुचुरो ५६२९ मिटर र पश्चिमी चुचुरो ५६४२ मिटर एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत गरिएको छ लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् ।
थप समाचारहरु More News
साहित्य
तीजको गीत-सुशिला कार्की, लण्डन -
आमाको मिठो मनमा गुन्जने माया भित्र छम्म छाम नाच्दै भित्रियाछ तीज नेपाली घर आँगनमा
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: