- माओवादी उपाध्यक्ष बाबुराम भट्टराई र अनमिन प्रमुख करिन ल्यानग्रेनबीच भेटवार्ता भएको छ । बिहान आफ्नै निवास शान्तिनगरमा भएको भेटमा उहाँले बहुमतीय सरकार बनाउनुभन्दा सहमतीय सरकार बनाउन जोड दिनुपर्ने बताउनुभयो ।
"बहुमतीय सरकार कमजोर हुनसक्ने र त्यसले शान्ति प्रकृयामै बाधा पुराउने भएकाले राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्न अनुरोध गर्नुभयो" लानग्रेनको भनाइ उद्धृत गर्दै सहयोगी बिश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
लनग्रेनले पनि दलहरुले सकभर शान्ति र संविधान निश्कर्षमा पुर्याउन सहमतिको सरकार बनाउनु उपयुक्त हुने बताउनुभएको थियो । भट्टराई र लानग्रेनबीच सेना समायोजन प्रक्रियाका बिषयमा पनि छलफल भएको थियो । अनमिनको समयावधी नसकिँदै सेना सयायोजन प्रक्रिया अघि बढाउन उनले आग्रह गरेको बुझिएको छ । । भट्टराईले शान्ति प्रक्रिया निश्कर्षमा नपुग्दासम्म अन्मिनको समयावधी थप्नु पर्ने पक्षमा रहेको बताउनुभएको थियो ।











