मुख्य समाचार
१७ गते पनि कुनै उम्मेदवारले बहुमत नल्याउने खनालको ठोकुवा, पौडेल र प्रचन्डलाई फिर्ता लिन आग्रह

+ Font Size | - Font Size Bookmark and Share
Solidarity Reporter - 2010-07-29 08:42:42

नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले  साउन १७ गतेको प्रधानमन्त्रीय निर्वाचनमा पनि कुनै नेताले बहुमत नल्याउने ठोकुवा गर्नुभएको छ । शान्ति, संविधान जस्ता राष्ट्रिय विषय पूरा गर्न राष्ट्रिय सहमतिका लागि एमाले जोसुकै उम्मेदवारलाई पनि समर्थन गर्न तयार रहेको बताउनुभयो । उहाँले पुष्पकमल दाहाल र रामचन्द्र पौडेल दुवैलाई उम्मेद्‍वारी फिर्ता लि  सहमतिको नयाँ वातावरण बनाउनुपर्ने बताउनुभयो

 

युवा सङ्घ केन्द्रीय समितिद्वारा आयोजित शान्ति र संविधानका लागि  राष्ट्रिय सहमति विषयक विचार गोष्ठीमा उहाँले  कङ्ग्रेस र एमाओवादीका प्रधान मन्त्रीका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सहमतिको नयाँ आधार तयार गर्न पनि आह्‍वान गर्नुभयो

फेरि पनि बहुमतीय सरकारका लागि प्रतिस्पर्धा गरेमा हात लागे शून्य भई त्यो दुर्भाग्य हुनेछ, दश महिना फेरि त्यसै खेर जानेछ”– अध्यक्ष खनालले  भनाई छ ।

 

हाँले राष्ट्रिय सहमतिका लागि कांग्रेसलाई त्याग गर्न र एमाओवादीलाई विषयमा आधारित भएर विगतका सहमति कार्यान्वयन गरी उदाहरण प्रस्तुत गर्न आग्रह गर्नुभयो । नियम संशोधन गरेर भए पनि अहिलेको प्रधान मन्त्री चुनावको प्रक्रियाको अन्त गरेर सहमति अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो ।

 

सोही कार्यक्रममा नेपाली कङ्ग्रेसका उपसभापति प्रकाशमान सिंहले प्रधान मन्त्री निर्वाचनको अहिलेको चरण नटुङ्ग्याई नियम परिवर्तन गर्न नसकिने बताउनुभयो फुटबल खेल सुरु भयो तर हामी खेल्दैनौँ नियम परिवर्तन गरौँ भनेर हुन्छ ? पहिले खेल टुङ्ग्याउँ”- उपसभापति सिंहले भन्नुभयो

 

एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार बनाउनका लागि मधेसवादी मोर्चाले उठाएको  एक मधेस एक प्रदेशको माग  स्वीकार गर्न नसकिने बताउनुभयो

 

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले  राष्ट्रिय सहमतिका लागि शान्ति प्रक्रियामा बाँकी रहेका काम सकेर लोकतान्त्रिक संविधान बनाउने र मधेस लगायतका विभिन्न क्षेत्रले उठाएका माग पूरा हुने आधार र विश्वास गराउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।   

 

Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार

Friday, 10th Sep 2010
विदेशमा नेपाली गतिविधि
बाबुराम भंडारी सिंगापुर । नेपाली नारीहरुको महान पर्व तिजका अबसर पारेर सिंगापुरमा पनि नेपाली महिलाहरुले पहिलोपटक हर्षोल्लासका साथ भाद्र २४ गते तिज मनाएका छन । सगरमाथा आरोहि तेम्बा सेर्पाको "हिमाली हावा" सिडी क्यासेटको विमोचन हालै अमेरिकामा भएको छ । क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, गोपाल अधिकारी अथवा टवाकेन्द्रका साथमा नेपाली आधुनिक गायक याम बराल र गायिका नलिना चित्राकारको भव्य प्रश्तुति रहेको कार्यक्रम सान फ्रान्सिस्को स्थित हिलटन होटलमा यहि सेप्टम्वर ८ मा सम्पन्न भएको छ । ध्रुव थापा । नेपाल विश्व सहयोग संघले अब आफ्नो ध्यान च्यटरहरुलाई ब्यबस्थित गर्ने तथाअमेरिकी राज्यहरुमा सङठन बिस्तार तिर केन्द्रित भएको छ । कृष्णप्रकाश श्रेष्ठमास्को ४ सेप्टेम्बर २०१० शनिवार । रुसको राजधानी मास्कोको स्थापना भएको ८६४ वर्ष पुरा भएको अबसरमा ४ सेप्टेम्बरका दिन युरोपकै सर्वोच्च हिमशिखर पूर्वी चुचुरो ५६२९ मिटर र पश्चिमी चुचुरो ५६४२ मिटर एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत गरिएको छ लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् ।
थप समाचारहरु More News
साहित्य
तीजको गीत-सुशिला कार्की, लण्डन -
आमाको मिठो मनमा गुन्जने माया भित्र छम्म छाम नाच्दै भित्रियाछ तीज नेपाली घर आँगनमा
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: