मुख्य समाचार
मोर्चाको मागका सम्बन्धमा माओबादी जवाफ तयार, आजै बार्ता हुने

आज विहान पार्टी कार्यालय कोटेश्वरमा बसेको पदाधिकारी बैठकले मधेसी मोर्चालाई पठाउने जवाफको मस्यौदा पारित गरेको एकीकृत नेकपा माओबादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।
सो मस्यौदा आजै मधेसी मोर्चालाई पठाइने र उनीहरुलाई आजै बार्ताको लागि आव्हान पनि गर्ने प्रकाशले बताउनुभयो । तर मस्यौदाभित्र राखिएको कुराहरु भने मोर्चासँगको वार्तापछि मात्रै सार्वजनिक गरिने माओबादीले जनाएको छ ।
मोर्चाको केही माग राष्ट्रियतासँग जोडिएका र गम्भीर प्रकृतिका भएको माओबादीले बताउदै आएको छ । मधेसी मोर्चाका शर्तहरु माओबादीका केहि एजेण्डासँग पनि मेल खाने र केहि विवादित विषयमा व्यापक छलफल आवश्यक रहेको माओबादीले बताएको छ ।
Comments - Post Now
* Comments not approved for this news yet











