मोफसल
झाडापखालाले दाङमा अर्को एक जनाको मृत्यु
साउन १३, दाङ । झाडापखालाका कारण बिरामी परेकी दाङकी एक महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । तुलसीपुर नगरपालिका वडा नं ८ निबासि ६५ वर्षीया कौलती बुढाथोकीको उपचारका क्रममा आज बिहान बाकेको नेपालगाजमा मृत्युभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
दुषित पानी पिउनाले र सडेगलेका खानेकुरा खानाले झाडापखालाका बिरामी बढेको अस्पतालहरुले बताउदै आएका छन् ।
दाङका पश्चिमी र पुर्बिगाबिसहरुमा केहि दिनदेखी फैलिएको झाडापखाला नियन्त्रणमा आइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
उता नेपालगाजको नसिङ्ग होम अस्पतालमा अहिले ५०\६० जना झाडापखालाका बिरामीहरुको उपचार भइरहेको छ ।
Comments - Post Now
* Comments not approved for this news yet











