अन्य समाचार
सिटीइभिटी विरुद्ध अखिल क्रान्तिकारी, आज र भोली धर्ना
काठमाण्डौं, १३ साउन । प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद सीटीइभीटीले एस एल सी को रिजल्ट आएको एक महिना वितीसक्दा पनि भर्ना नखोलेको विरोधमा अखिल क्रान्तिकारीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
क्रान्तिकारीले कार्यालय बागबजारमा पत्रकार सम्मेलन गरि सीटीईभीटीले भर्ना नखोले तालाबन्दी विद्यार्थी कारबाही र देशव्यापी आम हड्ताल सम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित कार्यक्रम अनुसार आज र भोली सीटीइभीटीमा एकघण्टा धर्ना १६ गते देशव्यापी प्रदर्शन १७ गते अन्तरकि्रया १८ गते सीटीईभीटीका पदाधीकारीको कार्यालयमा तालाबन्दी २० गतेबाट विद्यार्थी कारबाही र २३ र २४ गते सीटीईभीटी अन्तरगतका शिक्षालयमा आम हड्ताल रहेका छन् ।
क्रान्तिकारीले फोरम फर हेल्थ एण्ड टेक्नीकल साइन्स जस्ता व्यापारिक संस्थालाई सीटीईभीटीले फाराम बाँडेकोमा पनि विरोध जनाएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष लेखनाथ न्यौपानेले सीटीईभीटी भित्र रहेका अनियमीतता भ्रष्टाचार र ढिलासुस्ती अन्त्य नभए कडा आन्दोलन गरिने चेतावनी दिनु भयो ।
Comments - Post Now
* Comments not approved for this news yet











