मोफसल
सप्तरीमा खेत चिरा पर्न थाले

+ Font Size | - Font Size Bookmark and Share
Solidarity Reporter - 2010-07-28 20:53:48
सप्तरी, साउन १३ । बिगत केही दिनदेखि आकाशे वर्षा नहुँदा सप्तरीमा रोपाई बन्द हुन पुगेको छ भने वर्षाको अभावमा रोपिएका खेतहरुमा समेत चिरा पर्न थालेको छ ।

आकाशे वर्षाको भरमा खेती हुने सप्तरीमा आकाशे वर्षा पर्याप्त रुपमा नहुदा जिल्लाको आधा भन्दा बढी खेती योग्य जग्गा अझै बाँझो रहेको छ । कोशी पश्चिमी नहर चन्द्र नहर र कोशी पम्प नहरले सिचाई पुर्याउने क्षेत्र बाहेकका स्थानहरुमा रोपाई न्यून मात्रामा भएको कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।

जिल्लाको पुर्वी मध्य र दक्षिणी भेगमा किसानहरुले केही मात्रामा रोपाई गर्न सफल भएपनि जिल्लाको पश्चिमी भेगमा रोपाई दश प्रतिशत पनि हुन नसकेको स्थानीयबासिन्दाहरुले बताएका छन् । जिल्लाको क्षेत्र नम्बर ५ र ६ मा रहेका अधिकांश खेती योग्य जग्गा वर्षाको अभावमा अझै बाँझो रहेको र बोरीङबाट सिचाई गरेर रोपाई भएका खेतहरु पनि सिचाईको अभावमा सुक्न थालेको कृषि प्राविधिकहरुले बताएका छन् ।

खासगरी पश्चिमी क्षेत्रमा रोपाई विल्कुलै न्यून भएको र रोपाई भएका खेतमा पनि चिरा पर्न थालेको कारण जिल्लाका किसानहरु चिन्तित हुन पुगेका छन् । र साउनको दोश्रो सातासम्ममा रोपाई नभएका खेतहरुमा अझै सिचाईको व्यवस्था हुन नसक्दा खेत बाँझो रहने सम्भावना बढ्दै गएको प्राविधिकहरुको भनाई छ ।

Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार

Wednesday, 8th Sep 2010
विदेशमा नेपाली गतिविधि
लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् । नेपाली एकता समाज मलेसियाले आफनो ८ बर्षे कार्य अबधि पुरा गरी स्वदेश फर्किनु हुने नेपाली एकता समाजका एक बरिष्ट सदस्य प्रकास राईलाई धुमधामका साथ बिदाई कार्यक्रम सम्पन्न गरेको छ । सल्यान जिल्लावाट रोजगारीमा आई मलेसियाको निलाई क्षेत्रमा कार्यरत सल्यानवासीहरुले जनसम्पर्क समितीको गठन गरेका छन । प्रेम बुढाथोकी नर्वे । नेपाललाई विश्व सामु चिनाउने सपना बोकेर विश्व साईकल यात्रामा निस्केका बिश्व साइकल यात्री धकेंशोर बुढाथोकी नर्बेको ओस्लोमा आइपुग्नु भएको छ । मधु पौडेल,पाकिस्तान । एन एस एफ अर्थात् नेपलिज स्टुडेन्ट फाउन्डेसन ( नेपाली विद्यार्थीहरुको छाता सङ्गठन )पाकिस्तानको हालै बसेको बैठकले आफ्नो संगठनको अध्क्षय पदमा सर्बसम्मतीबाट अब्बास अन्सारीलाई नियुक्त गरेको छ । ५ सेप्टेम्बर । अमेरिकाको नेपाली गाउँ भनेर चिनिने भर्जिनियाको मनासस शहरमा विशाल नेपालीको उपस्थितिमा तिज महोत्सब भब्य रुपमा सम्पन्न भएको छ।
थप समाचारहरु More News
साहित्य
सानुको तीज-सीता बराल -
सानु आज धेरैबेर रोइरहिन । जीवनको लामो भोगाइका उतारचढावहरु पार गर्दै आउदा आज ठूलो चोटको महशुस भयो । कुनै शिकारीको हातबाट बच्न सफल भए जस्तै उनको शरिर लगलग कापीरहेको छ ।
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: