मोफसल
ज्वाइँलाई कुटपिट गरी छोरी लगियो

+ Font Size | - Font Size Bookmark and Share
Solidarity Reporter - 2010-07-27 23:25:25

भक्तपुर,  साउन १२ । अन्तरजातीय विवाह गरेको एक महिनापछि मंगलबार केटीको माइती पक्षले सूर्यविनायकबाट केटीलाई अपहरणको शैलीमा लगेका छन् भने केटालाई कुटपिट गरी फ्याँकिदिएका छन् ।

भक्तपुर नगरपालिका-११ बस्ने वर्ष २२ का रणप्रसाद द्यौला (पोडे) ले गत असार ६ गते काठमाडौँ महानगरपालिका-१३ कालिमाटी बस्ने २३ वर्षकी मनिता महर्जनसँग माइतीपक्षको सहमतिबिना सूर्यविनायक गणेश मन्दिरमा राखी विवाह गरेका थिए ।

विवाह गरेको एक महिनापछि महर्जनको माइती पक्षले अन्तरजातीय विवाह गर्ने दुबैलाई आफूहरूले स्वीकार्ने बनाई सूर्यविनायक बाराही स्थानमा द्यौलालाई कुटपिट गरी महर्जनलाई ट्याक्सीमा हालेर लगेको केटा रणप्रसादले भने ।

“मलाई एकजनाले समातेर अरुले कुटपिट गरेर फ्याँकिदिए, मेरी श्रीमतीलाई अपहरण गरेर लगे,” रणप्रसादले बताए । केटीकी आमा रेणुकुमारी महर्जन, मामा मोहन महर्जन, काकाकाकीलगायत करिब १० जनाको समूहमा आएकाले देख्नेबित्तिकै कुटपिट गरी आफ्नी श्रीमतीलाई लगेको उनले बताए ।
कुटपिट गर्ने समूहमा आएका मनिताका मामा मोहन महर्जनलाई स्थानीयको सहयोगमा महानगरीय प्रहरी प्रभाग जगातेले पक्राउ गरेको छ ।

Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार

Friday, 10th Sep 2010
विदेशमा नेपाली गतिविधि
बाबुराम भंडारी सिंगापुर । नेपाली नारीहरुको महान पर्व तिजका अबसर पारेर सिंगापुरमा पनि नेपाली महिलाहरुले पहिलोपटक हर्षोल्लासका साथ भाद्र २४ गते तिज मनाएका छन । सगरमाथा आरोहि तेम्बा सेर्पाको "हिमाली हावा" सिडी क्यासेटको विमोचन हालै अमेरिकामा भएको छ । क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, गोपाल अधिकारी अथवा टवाकेन्द्रका साथमा नेपाली आधुनिक गायक याम बराल र गायिका नलिना चित्राकारको भव्य प्रश्तुति रहेको कार्यक्रम सान फ्रान्सिस्को स्थित हिलटन होटलमा यहि सेप्टम्वर ८ मा सम्पन्न भएको छ । ध्रुव थापा । नेपाल विश्व सहयोग संघले अब आफ्नो ध्यान च्यटरहरुलाई ब्यबस्थित गर्ने तथाअमेरिकी राज्यहरुमा सङठन बिस्तार तिर केन्द्रित भएको छ । कृष्णप्रकाश श्रेष्ठमास्को ४ सेप्टेम्बर २०१० शनिवार । रुसको राजधानी मास्कोको स्थापना भएको ८६४ वर्ष पुरा भएको अबसरमा ४ सेप्टेम्बरका दिन युरोपकै सर्वोच्च हिमशिखर पूर्वी चुचुरो ५६२९ मिटर र पश्चिमी चुचुरो ५६४२ मिटर एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत गरिएको छ लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् ।
थप समाचारहरु More News
साहित्य
तीजको गीत-सुशिला कार्की, लण्डन -
आमाको मिठो मनमा गुन्जने माया भित्र छम्म छाम नाच्दै भित्रियाछ तीज नेपाली घर आँगनमा
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: