मोफसल
हत्या भएको छैटौं दिनसम्म पनि तथ्य फेला परेन

+ Font Size | - Font Size Bookmark and Share
Solidarity Reporter - 2010-07-27 21:23:38

तुलसीपुर, साउन १२ । रेडियो तुलसीपुरका अध्यक्ष देवीप्रसाद धिताल (हेमराज)को हत्या भएको छैंठौ दिनसम्म पनि प्रहरीले कुनै तथ्य फेला पार्न सकेको छैन। प्रहरीले हत्याको ‘उद्देश्य' थाहा हुननसक्दा परिणाम दिन कठिनाई भएको बताएको छ।

हत्या अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायव उपरिक्षक(डिएसपी) लम्मण गिरीको कमाण्डमा बनाएको विशेष अनुसन्धान टोलीलेसमेत हत्याबारे अहिलेसम्म प्रारम्भीक प्रतिवेदन पनि सार्वजनिक गर्न सकेको छैन।

गत बिहीवार राती दाङको तुलसीपुर बजारनजिकै उरहरी गाविसमा अज्ञात समूहले गोली हानेर धितालको हत्या गरेको थियो। हत्याराको पहिचान गरी तत्काल कारबारी गर्न प्रहरीलाई चौतर्फी दववा परेपनि प्रहरीले अहिलेसम्म कुनै प्रगति गर्नसकेको छैन। हत्याअनुसन्धानको लागि प्रहरी प्रधान कार्यालयले एआइजी किरण गौतमको संयोजकत्वमा एउटा उच्चस्तरीय टोलीसमेत राजधानीबाटै खटाएको थियो। 

अनुसन्धानको लागि आइवार यहाँका आएको टोली सोमवार नै फर्किएको थियो। जानेबेला टोलीका एआइजी किरण गौतमले भने प्रहरी अनुसन्धानको नजिक पुगिसकेको भन्दै अब चाँडै नै परिणाम सार्वजनिक गर्ने बताएका थिए। उनले जिल्लामा शान्तिसुव्यववस्था कायम गर्नका लागि सुरक्षाकासम्पूर्ण शक्ति परिचालन गर्न पनि जिल्लाको प्रहरीलाई निर्देशन दिएका थिए।

जिल्ला प्रहरी कार्यालयले प्रहरीको सम्पूर्ण शक्ति लगाएर अनुसन्धानमा खटिइरहेको बताएको छ।तर हत्याको उद्देश्य पत्ता लगाउन नसक्दा केही अनुसन्धानमा केही पनि प्रगति हुननसकक्दा कठिनाई भएको प्रहरीले जनाएको छ।

Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार

Friday, 10th Sep 2010
विदेशमा नेपाली गतिविधि
बाबुराम भंडारी सिंगापुर । नेपाली नारीहरुको महान पर्व तिजका अबसर पारेर सिंगापुरमा पनि नेपाली महिलाहरुले पहिलोपटक हर्षोल्लासका साथ भाद्र २४ गते तिज मनाएका छन । सगरमाथा आरोहि तेम्बा सेर्पाको "हिमाली हावा" सिडी क्यासेटको विमोचन हालै अमेरिकामा भएको छ । क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, गोपाल अधिकारी अथवा टवाकेन्द्रका साथमा नेपाली आधुनिक गायक याम बराल र गायिका नलिना चित्राकारको भव्य प्रश्तुति रहेको कार्यक्रम सान फ्रान्सिस्को स्थित हिलटन होटलमा यहि सेप्टम्वर ८ मा सम्पन्न भएको छ । ध्रुव थापा । नेपाल विश्व सहयोग संघले अब आफ्नो ध्यान च्यटरहरुलाई ब्यबस्थित गर्ने तथाअमेरिकी राज्यहरुमा सङठन बिस्तार तिर केन्द्रित भएको छ । कृष्णप्रकाश श्रेष्ठमास्को ४ सेप्टेम्बर २०१० शनिवार । रुसको राजधानी मास्कोको स्थापना भएको ८६४ वर्ष पुरा भएको अबसरमा ४ सेप्टेम्बरका दिन युरोपकै सर्वोच्च हिमशिखर पूर्वी चुचुरो ५६२९ मिटर र पश्चिमी चुचुरो ५६४२ मिटर एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत गरिएको छ लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् ।
थप समाचारहरु More News
साहित्य
तीजको गीत-सुशिला कार्की, लण्डन -
आमाको मिठो मनमा गुन्जने माया भित्र छम्म छाम नाच्दै भित्रियाछ तीज नेपाली घर आँगनमा
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: