अन्य समाचार
विवरण चुहावटको छानविन गरिने
साउन ११, अफगानिस्तान । अफगानिस्तानमा भएको युद्धको क्रममा नेटो सैनिकद्धारा भएका विभत्स हत्या र युद्ध विवरण सार्वजनिक भएको सम्बन्धमा अमेरिकी सेनाले छानविन गर्ने भएको छ ।
अमेरिकी सेनाले सो विवरण चुहावटको सम्बन्धमा एक हप्ताभित्र छानविन गर्ने जनाएको छ ।
विकिलिक नामक अनलाइन प्रसारणले अफगानिस्तानमा नेटो सैनिकले हजारौ नागरिकको हत्या गर्ने गरि चलाएको युद्धको विवरण र विभत्स हत्याका तस्बीरहरु सार्वजनिक गरेको थियो ।
सो विवरणको चुहावट अमेरिकी गुप्तचर सस्थाका केहि व्यक्तिहरुबाटै भएको बताइएको छ ।
यसैबीच तालिवानलाई पाकिस्तानले समेत सहयोग गरेको भन्ने सो प्रतिवेदनको दावी इस्लामाबादले अस्वीकार गरेको छ ।
Comments - Post Now
* Comments not approved for this news yet











