रोचक/विविध
श्रीमती पनि कस्ता कस्ता !

+ Font Size | - Font Size Bookmark and Share
Solidarity Reporter - 2010-07-13 23:51:49

श्रीमती पनि कस्ता कस्ता आफ्नै श्रीमानको अगाडि सधैजसो परपुरुषसँग ‍‍‍----!  अनि यस्तो देखेपछि श्रीमानलाई कस्तो होला ? एक दिन होइन दुई दिन होइन सधैजसो ।

सिंगापुरमा एक मानिसले दुई बर्षसम्म त्यस्तै पीडा भोगेका छन् । उनी हालै मात्र त्यो पीडाबाट मुक्त भएका छन् । त्यहाँको अदालतले ती मानिसलाई श्रीमतीबाट अलग्गिन अदालतबाट स्विकृत दिएपछि लामो बोझबाट ठूलो राहातको सास फेरे  । सिंगापुरका ती  ३३ वर्षीय ड्राइवर आफ्नो श्रीमतीको बानी देखेर निकै दुखी थिए । उनको श्रीमती उनकै अगाडी पर पुरूषहरूसंग सम्बन्ध राख्ने गर्थिन । गत बर्षदेखि यस्तो कुरा हेर्न परेपछि उनलाई आफ्नो श्रीमतीबाट छुट्टिनु नै उचित लागेपछि उनले घरको शयनकक्षमा क्यामरा राखेका थिए ।

सधै जस्तो उनको श्रीमतीले पर पुरूषहरूसंग सम्बन्ध राखे पछि ती सबैकुरा उक्त क्यामेरामा कैद भएको थियो । यस पछि उक्त ड्राइवरले अदालतमा उक्त प्रमाण सहित छोडपत्रकालागि मुद्दा दायर गरेका थिए । अदालतले त्यस्तो प्रमाण देखेपछि यसले अश्लिलतालाई पार गरेको निर्णय गरेको थियो । न्यायधीसले श्रीमतीको यस प्रकारको क्रियाकलापले श्रीमानलाई मानसिक पीडा दिने गरेकोले तुरून्त छोडपत्रबारे निर्णय गरेको गर्यो ।

न्यायधीस एंजेलिना हिंगले श्रीमान कै अगाडि पर पुरूषहरूसंग सम्बन्ध राखे भनेको श्रीमान माथि अत्याचार हो, यसले मानसिक शोषन समेत भएको निर्णय गरेका थिए । २००८ मा बिवाह गरेका यी दम्पतीको बिवाहको केही समयपछि देखि सम्बन्ध बिग्रेको थियो । एक बर्षदेखि श्रीमती को यस्तो क्रियाकलाप हेरेपछि उक्त ड्राइवरले बिक्षिप्त अवस्थामा पुगेर जागिर समेत गुमाएका थिए ।

समाचार एजेन्सीहरुका अनुसार ती ड्राइभरकै अगाडि उनलाई नटेरी नटेरी ती श्रीमतीले परपुरुषसँग सम्बन्ध राख्थिन ।

 

Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार

Friday, 10th Sep 2010
विदेशमा नेपाली गतिविधि
बाबुराम भंडारी सिंगापुर । नेपाली नारीहरुको महान पर्व तिजका अबसर पारेर सिंगापुरमा पनि नेपाली महिलाहरुले पहिलोपटक हर्षोल्लासका साथ भाद्र २४ गते तिज मनाएका छन । सगरमाथा आरोहि तेम्बा सेर्पाको "हिमाली हावा" सिडी क्यासेटको विमोचन हालै अमेरिकामा भएको छ । क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, गोपाल अधिकारी अथवा टवाकेन्द्रका साथमा नेपाली आधुनिक गायक याम बराल र गायिका नलिना चित्राकारको भव्य प्रश्तुति रहेको कार्यक्रम सान फ्रान्सिस्को स्थित हिलटन होटलमा यहि सेप्टम्वर ८ मा सम्पन्न भएको छ । ध्रुव थापा । नेपाल विश्व सहयोग संघले अब आफ्नो ध्यान च्यटरहरुलाई ब्यबस्थित गर्ने तथाअमेरिकी राज्यहरुमा सङठन बिस्तार तिर केन्द्रित भएको छ । कृष्णप्रकाश श्रेष्ठमास्को ४ सेप्टेम्बर २०१० शनिवार । रुसको राजधानी मास्कोको स्थापना भएको ८६४ वर्ष पुरा भएको अबसरमा ४ सेप्टेम्बरका दिन युरोपकै सर्वोच्च हिमशिखर पूर्वी चुचुरो ५६२९ मिटर र पश्चिमी चुचुरो ५६४२ मिटर एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत गरिएको छ लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् ।
थप समाचारहरु More News
साहित्य
तीजको गीत-सुशिला कार्की, लण्डन -
आमाको मिठो मनमा गुन्जने माया भित्र छम्म छाम नाच्दै भित्रियाछ तीज नेपाली घर आँगनमा
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: