विचार
तरुण दस्ताको गठन घातक कदम

+ Font Size | - Font Size Bookmark and Share
- 2010-06-24 05:53:24

शंकर खडका, यतिखेर नेपाली काङग्रेसले पनि तरुण दस्ता गठन गर्न लागॆको कुराले नेपाली राजनीतिलाई फेरी एक पटक तताएको छ । प्रत्येक राजनीतिक दलले आफ्ना भातृ संगठनको नाममा अर्ध सैनिक दस्ताका रुपमा युवाहरुहरुलाई लगाउने गरेको पाईदा यसले नेपाली युवाहरुलाई बन्दुक तिर आकर्षित गरी कालान्तरमा ठूलो दुर्घटना निम्त्याउने कुरामा दुई मत रहदैन । माओवादीले वाईसिएलको नामबाट एमालेले युथफोर्सको नामबाट तथा अन्य तराईवादी दलहरुले वाहिनी आदि विभिन्न नामबाट युवाहरुलाई वन्दूक तिर आकर्षित गराई राखॆको अवस्थामा नेपाली काङग्रेसले पनि युवाहरुलाई बन्दुकतिर आकर्षित गराउन तरुण दस्ता गठन गर्ने भन्ने कुराले शुभ संकेत दिदैन । जस्तालाई तस्तैको राजनीति नेपाली काङग्रेसले कहिल्यै पनि गरेका छैन । अपितु स्थापना कालदेखि नै गान्धीवादी नीतलाई अंगालॆको पाईन्छ । हुन त नेपाली काङग्रेसको इतिहास बन्दुक समाएको रहे भए पनि त्यसले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेको स्थिति रहॆको छ ।

िंसाले प्रतिहिंसा जन्माउने कुरामा विवाद छैन ।  िंसाको जवाफ हिंसा हुन सक्दैन । हुनत माओवादीको कथित १० वर्षै जनयुद्धमा नेपाली काङग्रेसलाई खोजी-खोजी सफाया गर्ने नीति माओवादीले नलिएको पनि होईन । तर त्यसले नेपाली काङग्रेसको विचारलाई परास्त गर्न सकेन । मान्छे मार्न सकिए पनि विचारलाई मार्न सकिदैन भन्ने विश्वव्यापी सिद्धान्त नै हो । विचारलाई विचारले नै परास्त गर्न सक्दछ र सक्ने साहसपनि राख्नु पर्छ । विचार फलाम हो त्यो फलामलाई विचारको फलामले नै काटन सक्छ ।

  हातमा खुकुरी र बन्दुक लिएर हिडेर एक क्षणलाई मान्छेलाई आफूतिर तान्न सकिएला तर त्यो दिगो हुन सक्दैन । डरले हजुर भने पनि मनले तिरस्कार गरी राखॆको हुन्छ । नेपाली काङग्रेसले पनि अन्य दल झै अर्ध सैनिक दस्ता खडा गर्ने हो भने अरु पार्टि र नेपाली काङग्रेसका बीचमा के फरक रह्यो र ?

एउटा तितो सत्य गाउँ-गाउँमा नेपाली काङग्रेसलाई अफ्ठारो स्थिति रहेको छ । वन्दुकका भरमा तर्साएर धम्क्याएर फरक विचार राख्नेहरुलाई गाउँमा वस्न नसक्ने बनाएको भए तापनि त्यो टिकाउ हुन सक्दैन । मान्छेलाई विस्थापित गर्न सकिए पनि विचार कहिल्यै विस्थापित भएक उदाहरण छैन । फरक विचारलाई सहन गर्न नसक्ने दलहरु विश्व इतिहासमा वढारिएर गएका छन । हातमा एक पटक बन्दुक परेपछि त्यसलाई विसाउन निकै कठिन हुन्छ । बन्दुकको उन्मादमा विभिन्न अपराध नै गर्ने गरेकेा अवस्था पनि नेपालमा रहकै छ । सोमालिया, इथियोपिया जस्ता मुलुकमा बन्दुक समाएकाहरुले शान्ति पूर्ण जीवन विताउन आकर्षित नभएको कारण त्याहुको जनजीवन सदैव त्रासमय बनेक छ । वन्दुक समाएकालाई शान्तिपूर्वक जीवन विताउने वातावरण बनाउनु पर्नेमा नेपाली काङग्रेसले  तरुण दस्ताको नाम अघि सार्ने हो भने त्यसले नेपाली राजनीतिलाई गम्भिर मोडमा पुर्याउने निश्चित प्रायः छ ।

नेपाली काङग्रेसको काँधमा अरुले विगारेर छाडॆको मुलकलाई सम्हालेर लोकतान्त्रिक समाजवादको स्थापनातर्फ लाग्नु पर्नै जिम्मेवारी रहॆको छ । यसको लागि युवाहरुलाई बन्दुकतिर आकर्षित नगरेर नेपाली राष्ट्रिय राजनीतिको केन्द्र तिर खुला रुपमा लाग्न दिनु पर्ने आजको आवश्यकता हो । पुराना अनुभवि नेताहरुले आफूहरु सल्लाहकारी भूमिकामा रहेर युवाहरुलाई जोत्न जाने अवसर दिनु पर्दछ । सधैभरी बुढो गोरुले जुवा बोकेर हिड्न सक्दैन । नेतृत्व वर्गले यस तथ्यलाई राम्र्ररी मनन गर्नु पर्ने अवस्था छ । आसन्न नेपाली काङग्रेसको महाधिवेसनमा बढी भन्दा बढी युवाहरु नेतृत्व वर्गमा आउन आवश्यक छ ।

   देशमा बढदो वेरोजगारीका कारण बौद्धिक पलायन भै रहॆका अवस्था छ । अरु युवाहरु पनि कामको खोजीमा अरवी मुलुकहरुमा धाउन बाध्य छन । सबै युवाहरु देश बाहिर रहने र देश भित्र रहॆका युवाहर पनि बन्दुक तिर लाग्ने हो भने देशको स्थिती भयावह हुने कुरा निश्चित छ । भिडन्तको राजनीतिले देश अघि बढदैन भन्ने कुरा त प्रमाणित नै छ । अफसोच आज नेपाल भिडन्तको राजनीति तिर उन्मुख भै रहेको छ ।  यो स्थितिको मूल्याङ्कन तरुणहरुले पनि गर्नु पर्ने भएको छ । अग्रजहरुले ल्याएको नीतिले गंभिर संकट ल्याउने भएमा त्यसक कडा प्रतिवाद पनि नेपाल तरुण दल ले गर्न सक्नु पर्दछ । देश बनाउनको लागि तरुणहरुको जोश अग्रजहरुको अनुभवको समिश्रण आवश्यक पर्दछ ।

 

Comments - Post Now
"yo ta napali cakhares ko bhadeta pani ho.tara yo bhandha arko idea vaya sama hath chai hali hala hunna jasto mali lagha6a. "
deepen tamang -2010-07-16 07:08:37
सम्बन्धित
अन्य
Friday, 10th Sep 2010
विदेशमा नेपाली गतिविधि
बाबुराम भंडारी सिंगापुर । नेपाली नारीहरुको महान पर्व तिजका अबसर पारेर सिंगापुरमा पनि नेपाली महिलाहरुले पहिलोपटक हर्षोल्लासका साथ भाद्र २४ गते तिज मनाएका छन । सगरमाथा आरोहि तेम्बा सेर्पाको "हिमाली हावा" सिडी क्यासेटको विमोचन हालै अमेरिकामा भएको छ । क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, गोपाल अधिकारी अथवा टवाकेन्द्रका साथमा नेपाली आधुनिक गायक याम बराल र गायिका नलिना चित्राकारको भव्य प्रश्तुति रहेको कार्यक्रम सान फ्रान्सिस्को स्थित हिलटन होटलमा यहि सेप्टम्वर ८ मा सम्पन्न भएको छ । ध्रुव थापा । नेपाल विश्व सहयोग संघले अब आफ्नो ध्यान च्यटरहरुलाई ब्यबस्थित गर्ने तथाअमेरिकी राज्यहरुमा सङठन बिस्तार तिर केन्द्रित भएको छ । कृष्णप्रकाश श्रेष्ठमास्को ४ सेप्टेम्बर २०१० शनिवार । रुसको राजधानी मास्कोको स्थापना भएको ८६४ वर्ष पुरा भएको अबसरमा ४ सेप्टेम्बरका दिन युरोपकै सर्वोच्च हिमशिखर पूर्वी चुचुरो ५६२९ मिटर र पश्चिमी चुचुरो ५६४२ मिटर एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत गरिएको छ लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् ।
थप समाचारहरु More News
साहित्य
तीजको गीत-सुशिला कार्की, लण्डन -
आमाको मिठो मनमा गुन्जने माया भित्र छम्म छाम नाच्दै भित्रियाछ तीज नेपाली घर आँगनमा
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: