फिचर
लक्ष्मी प्रतिष्ठानको सहयोगी हातहरू

+ Font Size | - Font Size Bookmark and Share
- 2010-06-17 04:43:44

दुई दुई जवान छोराहरुको अल्पायुमै  मृत्यु हुनु  अनि त्यसले  दिएको पिडा झेल्नु, यो  भन्दा गाह्रो  समय मानिसको  जीवनमा  कहिल्यै आउदैन  होला !
 
      तर त्यो घटनाले जन्माएको सकारात्मक सोच अनि लक्ष्मी प्रतिष्ठानको  जन्म  र समाज सेवाको कार्यलाई ६ महिनाको अन्तरालमा लक्ष्मी प्रतिष्ठानले गरेका कामहरुलाई मुल्यांकन गरेर हेर्दा जस्तोसुकै बिपत परेपनि मानिसले परिस्थितिले दिएको परिणामलाई स्वीकार गरि अगाडी बढ्दा झन् धेरै कामहरु गर्न सकिने रहेछ भन्ने अवस्था सृजित भएको छ ।
लक्ष्मी प्रतिष्ठान  २०६६  पौष २ गते स्थापना गरिएको सामाजिक संस्था हो जसको उदेश्य समाजमा पिछडीएर  रहेका बर्गलाई कसरी अगाडी ल्याउने र उनीहरुको अनुहारमा आफूले गुमाएका छोराहरुको बिम्ब हेर्न खोज्नु हो ।  हुन पनि छोटै समयमा धेरै काम गर्न सफल प्रतिष्ठानका अध्यक्ष बिष्णु गौतमको भनाइ पनि अलि फरक छ । उनि भन्छन  "प्रकृतिले विश्वमै अदितिय सम्पति दिएको मेरो देशका नागरिकहरु खाली खुट्टाले हीरा कुल्चिदै हिंड्छन " उनि अझै  थप्छन नेपालमा लगभग त्यस्ता गरीब कोहि छैनन  तर  यिनलाई शासकहरुले ठगे, शिक्षाबाट धेरै बन्चित छन्  त्यसैले  यिनीहरुले अलि अलि मात्र बुझे पनि धेरै गर्न सक्ने छन् ।   गाऊ गाउँ घुमेर धेरै जानकारी लिइरहेका  गौतम रत्तिभर पनि बिचलित देखिदैनन । छोराहरुको बारेमा सोद्धा  छोटो जवाब  दिन्छन त्यता नफर्कयु , फर्केर अड्न सकिने ठाउँ नै छैन । पुन: उनीहरुको बारेमा बुझ्न  खोज्दा अलि कठोर भएर भने यदी मेरा छोराहरु  फर्केर आउने भए जलिरहेको आगोमा कुद्ने थिएँ, बगिरहेको नदिमा हामफाल्ने थिएँ, मेरो छातीमा भाला रोपेर पछाडी निकाल्ने थिएँ तर असम्भव  छ । मेरा छोराहरु फर्केर आउने छैनन् । त्यसैले यस पृथ्वीमा रहेका धेरै छोराछोरीहरुमा तिनको बिम्ब देख्न पाउँ भनि सकारात्मक कोशिश गर्दै छु । यति ठूलो घाउ  बोकेर कसरी समाज सेवामा जुट्दै हुनुहुन्छ भन्दा सहजै भन्छन्" २६ र २८ बर्सका छोराहरु को त भर भएन भने मेरो पनि के भर छ र तर जति मिनेट बाँच्छु केहि गरिरहनेछु । मेरो पछी हट्ने ठाउँ छैन नत्र बहुलाउन सक्छु !
मैले मेरो सम्पूर्ण भाव  समेटेर एउटा गीति संग्रह प्रस्तुत गरेको छु जसको नाम 'लक्ष्मी" हो जुन बजारमा आइसकेको छ, बिमोचन यहि फागुन २७ गते राष्ट्र कवी श्री माधवप्रसाद घिमिरेज्युले गर्नुभएको थियो । यस्को सम्पूर्ण रोयल्टी लक्ष्मी प्रतिष्ठानमार्फत समाजसेवामा लगाइने छ।  
तपाईंले  लक्ष्मी शब्द धेरै ठाउँमा प्रयोग गर्नु भएको छ यहाँसम्मकी प्रतिष्ठानको नाम   र गीति संग्रहको नाम पनि लक्ष्मी नै राख्नुभएको छ भन्ने प्रश्नमा "त्यो  संसारकै दुखी मध्यकी एउटी आमा को नाम हो जो दिबंगतहरुकी आमा हुन् । उनलाई सान्तवना दिंदै उल्लेख  गरिएकी यो नाउकी धनि लक्ष्मी हरेक क्षत्रमा हामीसगै खटेर समाज सेवा गर्दै साहसी  आमाको नमुना प्रस्तुत गरिरहेकी छन् ।

तपाईंको लक्ष्मी प्रतिष्ठानले गरेका कामहरुको बारेमा सोद्धा उनले यसरी  भने म मोरंगको लेटांगबाट भर्खरै ६ महीने प्रौढ शिक्षा तथा शीपमूलक तालिम संचालन गरेर फर्केको हुँ । अहिलेसम्म  विभिन्न ठाउँमा १० वटा यस्ता  शिक्षा र शीपमूलक तालिम  संचालन गरिराखेका छौं ।  काभ्रे  जिल्लामा ८ वटा भैरहेका छन् खासगरि जनजाति र पिछडिएका महिला दिदिबहिनीहरु यसमा समाबेश हुनुहुन्छ" उहाँले भन्नुभयो
यो बाहेक अरुपनि केहि सेवामूलक कार्य गर्नुभएको छ कि भन्ने प्रश्नमा उहाँले मन्द मुस्कान छोडी भन्नुभयो ठिक भन्नुभयो मित्र हामीले यस्ता  धेरै कामहरु गरिसक्यौ र गरिरहेका पनि छौं  जुन  माथिल्लो निकायले गर्नुपर्ने समेत छन् । सबै कुरा भनेर म तपाईको  धेरै ठाउँ ओगट्न चाहन्न । म क्रमबद्ध उल्लेख गर्न गइरहेको छु लेख्नुहोस ।

  1.  २०६५/०९/०२ हाम्रो ज्यष्ठ सुपुत्र स्व. कुमार गौतमको बार्षिक पुण्य तिथि पारि "लक्ष्मी प्रतिष्ठान" को स्थापना  गरियो । कान्तिपुर दैनिकमा छापिएको "मलाई बचाउनुस  " भनि गरिएको अपिल हेरी २४ बर्षीय मृगौला रोगि  जनक के सीलाई सहयोग स्वरूप रु २०,००० दिएर सहयोग कार्य श्री गणेश गरियो ।
  2.  श्री बाल मुक्ति कल्याण केन्द्र, बालाजुका २३ जना अनाथ बालबालिकाहरुलाई नया युनिफोर्म सुट प्रदान गर्नुका साथै समय समयमा खाद्यान्न सहयोग गरिआएको छ । 
  3. काभ्रे जिल्ला को अनेकोट गाबिस १ मा पर्ने भक्रम देवी माविलाई ४-४-०-१ बराबरको जग्गा प्रदान गर्नु को साथै  उक्त बिद्यालयमा पदने ७५० बिद्यार्थी तथा शिक्षक हरु लाई पिउने पानी  को अभाव पूर्ति गर्न दैनिक २००० लिटर पानी ४.६ कि मि माथीबाट पाइप लाइन  जडान गरि प्रदान ।
  4. सोहि गा बि स -८ को बालप्रतिवा निमाबिलाई  कक्षाकोठाको अभाबलाई मध्यनजर् गर्दै  दुई कोठा भएको भवन  निर्माण गरी बिद्यालयलाई  २०६७/०२/२९ एक समारोह बीच  हस्तान्तरण गरियो । उक्त कक्षाहरु दिबंगत हरुको सम्झनामा  "कुमार कक्ष" र "बलराम कक्ष"  राखिएको छ ।
  5.  काठमाडौँमा सवारी दुर्घटना कम गर्न केहि ठाउमा डिभाइडरहरु रि-पेन्ट गरी  राति टल्कने स्टिकर समेत टासिएको छ ।  सो कार्य पहिलो चरणमा गौशाला रातोपुल क्षेत्रमा सकिएको छ ।
  6. ट्राफिक दुर्घटनामा धेरै जसो +२ पढ्ने बिद्यार्थीहरु परेको पाइएकाले त्यस्लाई रोक्न विभिन्न कलेजहरुमा तीनदिने सवारी सचेतना कार्येक्रम गरी उक्त  समुहका बिद्धार्थीहरुलाई नै  कार्यक्रममा समाबेश गराउदै गरिरहेका छौं जसका लागि हामीले कमिक्स पावर सिद्धान्त प्रयोग गरेका छौं ।
  7. महेन्द्नगरका बेपत्ता पत्रकार प्रकाश ठकुरीका    दुई जना छोराहरुलाई स्थानीय बोर्डिंग स्कूलमा नै पढाएका छौं भने काभ्रे  अनेकोटकै चार वर्ष पहिला  मोटरसाइकल दुर्घटनामा परी आफ्नो मेरुदण्ड भाँचिएका लक्ष्मन् चौलागाईंका छोरा र छोरीलाई पनि स्थानीय बोर्डिंग स्कूलमै छात्रवृति प्रदान गरिएको छ ।
  8. यो बाहेक हामीले शैक्षिक  सहयोग प्रदान गरेका गरिब बालबालिका हरु ४२ जना छन् ।
  9. यी बाहेक हामीले विभिन्न समयमा हेल्थ क्याम्पहरु पनि संचालन गर्दै आएका छौं । हामीसँग भविस्यका लागि पनि धेरै योजना हरु छन् । बाचिराखे  पुरा गरौला थाहा भैहल्छा नि तर तत्काल भैरहवा बस्ने २१ बर्सिय नानीको मृगौला प्रत्यारोपणका लागि सहयोग जुटाउन  पहलगरि राखेका छौं साथै विभिन्न बिद्यालय हरु मा बाल क्लबहरु गठन गरी उनीहरुलाई प्रोत्साहन र बिद्यालयप्रति माया जाग्ने  विभिन्न खेलकुदका माध्यमले उनीहरुलाई हौशला प्रदान गरी अगाडी ल्याउने प्रयास गरिंदै छ ।

यति धेरै काम गरिसक्नु भयो यति धेरै  रकम कहाँ बाट जुटाउनु भयो नि भन्दा गौतम भन्छन हाम्रो प्रतिष्ठान मा कर्मचारीहरु छैनन् आज सम्म हामि परिवार र प्रतिष्ठान का सदश्यहरु खटिरहेका छौं । प्रतिष्ठानको कार्यालय घरमा नै छ भाडा लाग्दैन । सवारीसाधन र इन्धन आफैंले बेहोरेका छौं भने अन्य खर्च का हक मा  अहिले सम्म स्कूललाई दिएको जग्गा समेत गर्दा २५ लाख जति खर्च भयो होला ।
१ लाख ५५ हजार जति सदस्यता शुल्क बाट उठेको बाहेक आफैले गरेको छु । उता काभ्रे को साढे सात रोपनी जग्गा सकियो । अनि तपाइंले यसरी सम्पति समाज सेवा मा खर्च गर्दा  परिवारका अरु सदश्यहरुले बिरोध गर्दैनन् ?
"
बाँकी परिवार भन्नु पर्दा बुबा ८५, आमा ७८, श्रीमती ४८, एक छोरी र एक छोरा छन्, सबैको उस्तै  रोग पिडा भएकोले औसधिको रुपमा समाज सेवाको मलम लगाउँदै  छौं । बाँकि कुरा हामीलाई कहिले सम्म के कति चाहिन्छ  भन्नु पर्दा गीतामा भनिएको "कर्म गर फल को आशा नगर" भनाइ हामीले राम्ररी बुझ्यौं । जीवन र जगत बुझे पछी मानिसले पागल हुनु हुन्न । एक एक मिनेट राम्रो कर्म गर्दै जानु पर्छ  येदधपी हामीलाई बस्न र बाँच्नका लागि काठमाडौँ को तिलगंगामा एउटा घर छ  तर त्यो पराधीन जस्तै छ । पशुपति  बिकाश कोषले बिकाशको नाममा धेरै बर्षदेखि रोक्का गरेको छ, केहि गर्न दिदैन । बाँच्नका लागि घरमै एउटा पसल छ खान लाउन पुग्छ भोलि कसले  देखेको छ र ?
छोराहरुको धेरै याद आउँदा रुनुहुन्छा हो ला  नि ? भन्दा गौतम भन्छन "त्यता सोच्ने ठाउँ  नै छैन, हामी समाजमा जे काम गर्दा पनि उनीहरुलाई नै अर्पेर गरिरहेका हुन्छौं, ब्यानर पोस्टर जहाँ पनि उनीहरुकै फोटो हुन्छा जसले हामीलाई उनीहरु संगै भएको महसुश गराउँछ । बिसेष गरि मा चाहि कहिले कहिँ उनीहरुका तश्वीर संगम घोरिएर एक्लै गुन्गुनौन्छु "हाइ, काले, आइ   लव यु, बाइ  फर एभर " जस्ता शब्दहरु प्रयोग गरि रहन्छु । उनिहरुको भौतिक शरीर नभएपनि सुभाष संगै छ जस्तो लाग्छ। हवस् त अब म  थप केहि  भन्दिन भन्दै गम्भीर हुन्छन। फेरी कर गरेर छोरा हरुको बारेमा केहि भन्नुस न भन्दा आकाश तिर हेर्दै विलक्षण प्रतिवा थियो मेरा छोरा हरुमा, अरु भन्न सक्ने स्तिथि मा छैन ।  हाम्रो एउटा वेवसाइट छ www.laxmipratisthan.org.np जहाँ हजुरहरुले हाम्रो छोराहरुका साथै हाम्रो प्रतिष्ठान का बारेमा जानकारी पाउन सक्नु हुनेछ । वेबपेजको दायाँपट्टि हाम्रो ब्लग पनि छ जहाँ हाम्रो प्रतिष्ठान का हाल सम्म का सम्पूर्ण  क्रियाकलाप हरु हेर्न सक्नु हुनेछ ।

अन्तमा अरुलाई के भन्न चाहनु हुन्छ  भन्दा लामो सास तान्दै भित्तामा टाँगिएका दिबंगत छोराहरुका तश्वीरमा हेर्दै गौतम भन्छन "खै के भन्नु , प्रथम त मम जस्ता सन्तान गुमाउनेहरु लाइ आग्रह गर्न चाहान्छु कि आफ्नो आँशुले ओछ्यान भिजाएर मात्र नबस्नुस, उठ्नुस, हातमा हात् मिलाईसंगै समाज सेवा मा जुटौं , दुखि को दुख दुखीले नै बुझ्छ, दुख बाँड्दै  जाँदा कम हुन्छ भन्छन । खै कुन जन्मको पाप को सजाय पाइयो आज, प्रयास्चित होला कि, नभए पनि आफु लाइ दुख बाट अन्यत्र मोडौं, समय नै ठुलो मलम हुनसक्छ । आर्को कुरा तपाईं मिडियाहरुले पृथ्वीभरिका बिभिन्न  दयालु दाता हरुलाई हाम्रो दुख र धर्यको समाचार उहाहरु समक्ष पुर्याई हाम्रो प्रतिष्ठानलाइ सहयोग गर्नु होला । प्रतिष्ठान ले विभिन्न दयालु दाता हरुका दान लाई सही उपयोग गरि सत्कार्य मा लगाउने छ । किनभने हामीले  यो हाम्रो दिबंगत हरुको लागि सच्चा श्रदान्जली  ठानेका छौं । शिक्षालाई नै सबै सर्वोपरी ठानेको हार्मो प्रतिष्ठानले शिक्षा कै माध्यम ले मानिसको जीवन स्तर बदलि खाली खुट्टा ले टेकेको अमुल्य हीरा उनीहरुको हातमा पुर्याउने लक्ष्य लिएको छ । अन्तमा पृथ्वी मा रहेका धेरै धेरै दयालुदाताहरुलाई र तपाईंलाइ मेरो र प्रतिष्ठान कोतर्फबाट धेरै धेरै धन्यबाद ।  हामिसंग सम्पर्क राख्न चाहनुहुने माहानुभावहरुले प्रतिष्ठान को फोन ००९७७ १ ४४८९४८१ तथा हाम्रो इमेल laxmipratisthan@gmail.com मा मेल गर्न सक्नुहुनेछ/  साथै मेरो सेल ९८४१३६४६९८ मा प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुनेछ ।

Comments - Post Now
"तामाका मुनाजस्ता दुई छोरा गुमाउनु भएका पिता तथा मातालाई यो भन्न चाहन्छु कि यो शरीर यो देह हाम्रो होइन। सो कुरा बुझी जुन साहसका साथ सामाजिक कार्यमा तल्लिन हुनुहुन्छ। यो साससी कार्यले यहाँहरुको जीबनमा केहीमात्रामा भएपनि नव मुनाहरुको मायालाई,यादलाई अबस्य पनि मल्हम लगाउने कुरा म सहमतछु। जस्तै आपत बिपत आए पनि धर्यधारणा गरि अगाडि हिंड्न हुन अनुरोध गर्दछु। यहाँहरुको यो साहसले सगरमाथा चुमोस। "
Bimal Giri -2010-07-15 08:10:29
सम्बन्धित
अन्य
Friday, 10th Sep 2010
विदेशमा नेपाली गतिविधि
बाबुराम भंडारी सिंगापुर । नेपाली नारीहरुको महान पर्व तिजका अबसर पारेर सिंगापुरमा पनि नेपाली महिलाहरुले पहिलोपटक हर्षोल्लासका साथ भाद्र २४ गते तिज मनाएका छन । सगरमाथा आरोहि तेम्बा सेर्पाको "हिमाली हावा" सिडी क्यासेटको विमोचन हालै अमेरिकामा भएको छ । क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, गोपाल अधिकारी अथवा टवाकेन्द्रका साथमा नेपाली आधुनिक गायक याम बराल र गायिका नलिना चित्राकारको भव्य प्रश्तुति रहेको कार्यक्रम सान फ्रान्सिस्को स्थित हिलटन होटलमा यहि सेप्टम्वर ८ मा सम्पन्न भएको छ । ध्रुव थापा । नेपाल विश्व सहयोग संघले अब आफ्नो ध्यान च्यटरहरुलाई ब्यबस्थित गर्ने तथाअमेरिकी राज्यहरुमा सङठन बिस्तार तिर केन्द्रित भएको छ । कृष्णप्रकाश श्रेष्ठमास्को ४ सेप्टेम्बर २०१० शनिवार । रुसको राजधानी मास्कोको स्थापना भएको ८६४ वर्ष पुरा भएको अबसरमा ४ सेप्टेम्बरका दिन युरोपकै सर्वोच्च हिमशिखर पूर्वी चुचुरो ५६२९ मिटर र पश्चिमी चुचुरो ५६४२ मिटर एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत गरिएको छ लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् ।
थप समाचारहरु More News
साहित्य
तीजको गीत-सुशिला कार्की, लण्डन -
आमाको मिठो मनमा गुन्जने माया भित्र छम्म छाम नाच्दै भित्रियाछ तीज नेपाली घर आँगनमा
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: