
गैरआवासीय नेपाली संघ एनआरएनए
अन्तर्राष्ट्रिय समन्वय परिषद्को चौथो यूरोप क्षेत्रीय बैठक यहि जुलाई ३१ देखि पेरिसमा हुन
गइरहेको छ । विगतका यात्रालाई निरन्तरता दिने उद्देश्यले मैले पनि यसपटक सहभागि हुन चाहेको थिएँ तर प्राविधिक
कारणबस सम्भव भएन । तसर्थ यहि लेखमार्फत भए पनि आफ्नो सहभागिता गराउने जमर्को गरेको छु ।
विगत र वर्तमानस्थितिलाई तुलना गर्ने हो
भने यस संजालमा धेरै परिवर्तनहरु आइसकेको छ । यस संगठनको भौतिक पक्ष र वैधानिक साथै
सामाजिक कि्रयाकलापहरु पनि धेरै अघि बढी सकेका छन् । संघले धेरै नै चुनौतीहरु
पार गरिसकेको र धेरै उपलब्धीहरु पनि हासिल गरिसकेको कुरामा कसैको पनि दुई मत नहोला । यस सन्दर्भमा यो संगठनको
अग्रज आदारणीय व्यक्तित्वहरुप्रति हामी धेरै आभारी हुनु पर्दछ ।
यो संगठन खासगरि अन्तर्राष्ट्रियस्तरको
संगठन र हाम्रो देश नेपाल संसारकै सबैभन्दा गरिब भएको कारणले गर्दा आम नेपालीहरुको
महत्वकांक्षा यस संगठनप्रति अलि ज्यादै रहन गएको हो । आफ्नो देशमा काम गरेर कमाई गर्ने पैसाआम्दानी ले
जीवनयापन गर्न नपुग्ने हुनाले नेपालीहरु संसारभर रोजगारी तथा विभिन्न बहानामा गएका हुन । विभिन्न देशमा
बसेर कमाई गरेर देशभित्र रेमिट्यान्स भित्र्याउनु स्वदेशको खातिर संजालमार्फत
केहि गर्न कदम उठाउनु आफैमा चानेचुने कुरा हो जस्तो मलाई लाग्दैन । यसरी भए
गरेका कामहरु मेरो ज्ञानले भ्याए र बुझे सम्म धेरै सह्रायिन र महत्वपूर्ण छन् । स्वीकार
गरिनु पनि
पर्दछ । यस सन्दर्भलाई अगाडि बढाउँदै लैजाने हो भने अहिलेसम्म भए गरेका कामहरु
प्रर्याप्त तथा राहतयोग्य रहे की रहेनन् त भनेर प्रश्न गरिनु
सान्दर्भिक देख्दछ ताकि यसले
भोलिको यात्रामा सहजता प्रदान गरोस् ।
२००७ को युरोपियन बैठक बेलायतमा भएको
थियो । त्यसबेला मेरो सहभागिता साईप्रसको प्रतिनिधिको रुपमा भएको थियो । मलाई के
कुरामा आत्मविश्वास थियो भने यदि संगठित रुपमा कुनै काम अगाडि बढाउने हो भने
सबैभन्दा सुरुमा साधारण समस्याहरुको न्यूनिकरण गरिनु पर्दछ । त्यसले तत्काल
राहत मिल्दछ र दिर्घकालिन योजना अगाडि ल्याउनलाई सहज हुन्छ साथै हौसला मिल्दछ । उक्त सन्दर्भमा मैले वैदेशिक
रोजगारसँग सम्बन्धित समस्या संगठन विस्तारमा समावेशीकरण आमसंचार संगठनको उचित प्रचार
आइसिसि र एनसिसिको डाटा बैंक र एनसिसिहरुले सम्बन्धित विषयमा बढि सूचनायोग्य भूमिका
खेल्नु पर्ने कुरालाई जबरजस्त रुपमा राखेको थिएँ । धेरै सहयात्रीहरुले मेरो
विचारको स्वागत गरेका थिए र व्यक्तिगत रुपमा पनि सम्पर्कमा रहेर अगाडि बढ्ने
योजना थियो । यस संगठनलाई जुन रुपमा सकिन्छ भोलिको राष्ट्रिय हितको मामलामा योगदान
दिनुपर्छ भनेर
आवाज उठाउने मान्छे हुँ र जहिले पनि एउटै किसिमको आधारभूत कुरालाई बढि उठाउँछु । यस
अर्थमा संगठनका धेरै जान्ने बुझ्ने र ठूला कहलिएका विद्धानहरुलाई असान्दर्भिक लाग्न सक्छ । कारण
समस्याहरुमा सहयोग मात्र दिनु भन्दा दिर्घकालिन समाधानका उपायहरु खोज्नु पर्दछ ।
मुलुकमा सबैभन्दा जटिल समस्याको रुपमा
रहेको वैदेशिक रोजगार हो । देशको अर्थतन्त्र धेरैजसो रेमिट्यान्समा निर्भर छ भनेर सबैले
फलाक्ने गरेकै छौं तर यसभित्र रहेका व्यवसायीकताको नाममा रोजगारदाता एजेन्सीहरुले मनोमानी
रकम असुली
गरेर अनावाश्यक प्रलोभन दिई विदेशमा श्रम बेच्दा हामी हेरेकै हेर्यै छौं । यस्तो काममा
सरकारका पदाधिकारी र रोजगारदाता एजेन्सीहरु बीच साँठगाँठ छैन भन्ने ठाउँ देखिँदैन । संसारमा
सबैभन्दा बढी रकम तिरेर कम पारिश्रमिकको लागि विदेश जाने हामी नेपाली मात्रै हौं
र यस्तो कार्य नेपालबाट मात्रै हुने गर्दछ । यस्तो विकराल स्थितिमा संगठनबाट भएगरेका कामबाट के कति राहत र
रोकथामका मार्गहरु बने र के कस्ता भावि योजनाहरु छन् भनेर लेखाजोखा गर्नुपर्ने आवश्यक देखिन्छ ।
वैदेशिक रोजगारको वस्तुस्थितिलाई बढी सूचनामूलक बनाई देशभित्र रहेका सर्वसाधारणलाई फस्नबाट जोगाउन लाग्ने हो भने
एनआरएनएलाई जति सजिलो र प्रभावकारी कहि कतैबाट सम्भव छैन । तर किन यसो गरिएका छैनन् त उत्तर खोजिनु
पर्छ । वैदेशिक रोजगारका तत्कालका समस्याहरु केहि हदसम्म न्यूनिकरण गर्न सकिए
मात्र हामी संसारका सबैभन्दा गरिब देशको नागरिक मानिनु पर्ने थिएन । त्यसैले वस्तुतः समस्याको जड के हो त्यहि कुराको
समाधान खोजिनु सान्दर्भिक देखिन्छ न की काल्पनिक ठूला महत्वकांक्षि योजनाको पछाडि दौडिनु भन्दा
।
यस बैठकले यूरोप क्षेत्रको विषयवस्तुहरुलाई बढी प्राथमिकताका साथ छलफल गरिने स्थिति रहे पनि विश्वव्यापी रुपमा रहेका नेपालीहरुका समस्या जुन वैदेशिक रोजगारसँग सम्बन्धीत धेरै देखिएको छ जसलाई कुनै न कुनैरुपमा ढिलो नगरि कार्य क्षेत्रमा अगाडि बढ्नु आवश्यक छ । त्यस्तै अर्को चर्चामा रहेको दोहोरो नागरिकताको विषय बेलायतलाई छाड्ने हो भने अन्य देशबासीहरुको स्थितिमा त्यक्ति महत्वपूर्ण नेखिएता पनि क्षेत्रीय संयोजक बेलायतबाट नै रहेको स्थितिमा यसले ठाउँ लिने देखिन्छ । संघ आफैमा नेपाल सरकारबाट पूर्ण रुपमा वैधानिक संस्थाको मान्यता पाई नसकेको स्थितिमा यसबाट उठ्ने आवाजले सरकारलाई के कति दबाब सिर्जना हुन्छ भन्ने कुराको अड्कल काट्नसमेत हम्मे हम्मे देखिन्छ ।
नेपालभित्र यतिबेला आफैमा सरकार संचालनमा विभिन्न बखेडा उत्पन्न भई एउटा कानुनी राज्यको हैसियतले कायम रहन सकेको देखिदैन । बोलवाल र पहुँच हुनेहरुको लागि जे पनि सम्भव हुने गर्दछ तर सर्वसाधारण आम नेपालीहरुलाई जीवन धान्न पनि गाह्रो भएको छ । यहि समस्याको मारमा सबैभन्दा बढी पिडित छन् नेपाली श्रमिकहरु जो विदेशीई सहज जिवनयापनको अपेक्षा राख्दछन् । तर बिडम्बना त्यसो हुन सक्दैन कारण राज्य संचालनका अंगहरु सर्वसाधारणको जीवन उकास्न साथै नेपालीहरुले समाज जीवन बिताउन पाउन भन्ने कार्यक्रम ल्याउन चाहन्नन् । नेपालीको विभिन्न कालखण्डको राजनीतिक उतार चढाबलाई राम्ररी हेर्ने हो भने राजीतिक परिवर्तन र विकासले कुनै पनि आिर्थक विकासमा महत्व राख्दैन र केहि परिवर्तन हुँदैन हुन सक्दैन र भएको पनि छैन यो कुरा जोसुकै साधारण नेपाली जनताले प्रष्टै बुझिसकेका छन् । राजनितिक परिवर्तनले नेपालको आर्थिक परिवर्तन र गरिबि निवारणमा कुनै महत्व राख्दैन । कुनै पनि कुराको समाधान हुनलाई त्यो क्षेत्रमा राम्रो दख्खल भएको व्यक्तिले साँच्चै त्यो काम गर्नुपर्दछ । सूर्यवंशी सिद्धान्त शिरमा राखेर कुनै पनि गरिब मधेसी महिला दलित तथा जनजातिको उत्थान हुन सक्दैन यो कुरा हाम्रो अगाडि प्रष्टै छ ।
राज्यमा जटिल स्थिति रहेको अवस्थामा गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय भेलाले कस्तो रचनात्मक भूमिका खेल्न सक्छ भन्ने कुराको बहस अत्यन्त सान्दर्भिक देखिन्छ । म यो भेलाका सहभागिहरुले एउटा ठोस् निष्कर्षमा पुगी अगाडि बढ्ने छन् भन्ने कुरा ठूलो अपेक्षा राख्दछ र सफलताको कामना पनि गर्दछु । यहाँनेर हामी प्रवासीहरुको मुख्य योगदान भनेको आफू बसेको देशको आर्थिक शैक्षिक तथा श्रम बजारको सहि लेखाजोखा गरि सहि सूचना प्रवाह गरी सरकारका अंगसँग काम गर्नुपर्ने हुन्छ । यद्यपी यो सहजै सोच्दा व्यवहारिक नदेखिन सक्ला । नेपालमा यस्तो पनि वैदशिक रोजगार व्यवसायी छन् जसले अपि्रुकी महाद्धिपमा लाखौं रुपैयाँ असुल गरेर अदक्ष श्रमिक पठाउने गर्दछन् । यो कुरा सुन्नमा हाँस्यसपद त छ नै व्यवहारमा ठूलो अपराध गरेको देखिन्छ यद्यपी यस्ता अपराधीहरुले सजाय पाउने कुरा नेपालमा चलन छैन । यसमा सहि सूचना प्रवाह तथा आम जनतामा सचेतताबाट रोकथाम हुन सक्ने देखिन्छ । यद्यपी देशको अर्थतन्त्रले गर्दा नेपालीहरु नेपाल बाहेक जहाँ जान पनि तयार देखिन्छन् चाहे त्यो छापाखानाबाट छापिएर ल्याएको भिषा नै किन नहोस् ।
अन्त्यमा यी यावत समस्या त छँदैछन् र एकै पटकमा जादुमय तरिकाले समाधान हुन सक्दैन । तर आज हामीमा आवश्यक छ एउटा नयाँ सोच तथा विचारको परिवर्तन गर्ने चाहनाको । परिवर्तन आँफै हुने चिज होइन यसमा हामी सबैले चाहना राख्नुपर्दछ । गैरआवसीय नेपाली संघ सर्वत्र नेपालीहरुको आँखामा एउटा आशाको दिप बनेर देखा पर्न खोज्यो । भर यो दीपले भनेजति प्रकाश दिन सकेन भने संघको औचित्य स्वतः घट्ने छ । यस स्थितिमा आवश्यक छ सार्थक विचार र व्यवहारिक कुराको बहस । संसारभर छरिएर रहेको नेपालीहरुले एउटा कला ति देशहरुमा रहेको राजनीतिक आर्थिक सामाजिक तथा सांस्कृतिलाई हाम्रो अनुकुल अपनाउँदै गएका विकास टाढा छैन । गरिबी हटाउनलाई सामान्य उपायहरु छन् जस्तै एउटा भोको नेपाली चिउरा किन्न पसलमा जान्छ भने उसलाई चिउरा सहज र सस्तो मूल्यमा किन्न पसलमा जान्छ भने उसलाई चिउरा सहज र सस्तो मूल्यमा उपलब्ध हुनु पर्दछ तर त्यसको सट्टामा पसलेले देशमा प्रजातन्त्र र लोकतन्त्र आएको छ त्यसैले हामी खुशी हुनुपर्दछ तर चिउरा त हड्तालले गर्दा आएकै छैन भनेमा के हामी त्यहि लोकतन्त्रले भोक मेटाउने सामाजिक परिवर्तन र आर्थिक विकासको लागि लक्षित वर्गलाई प्रभाव पर्ने गरि ठोस काम हुनुपर्दछ र त्यस्तो चेतनशिल काममा संसारका सम्पूर्ण एनसिसिहरुले सक्दो सहयोग पहल गर्नुपर्दछ । आजको ट्डकारो आवश्यकताहरु सम्बोधन गरिनु हाम्रो उपलब्धि हो चौंथो यूरोप क्षेत्रीय बैठकबाट यस कुराहरुमा आवाज बुलन्द हुँदै मार्ग निर्देश दिनेछ भन्ने सवालमा अत्यन्तै सकारात्मक अपेक्षा गरिएको छ ।












