
क.पुष्पलालको जन्म वि.सं १९८१ आषाढ १५ गते
रामेछापको भगेरी गाँउमा भएको थियो । उनका पिता सुब्बा भक्तलाल श्रेष्ठ २ नं
ईलाकाका प्रमुख प्रशासक थिए राणाकालमा । उनका पिता ओखलढुगाँमा ३ नं प्रशासन
प्रमुख
भएर गएपछि रामेछाप र ओखलढुङ्गामा उनको बाल्यकाल वित्यो । पछि सिन्धुपाल्चोक
१ नं
प्रशासन प्रमुख भएर पिता सरुवा भएपछि
त्यहाँ नै उहा र उहाँका दाजु बालिक हुनु भयो ।
पछि काठमाडौं सरुवा भएपछि दाजु गंगालालको
राणा
विरोधि संगठन प्रजा परिषदसँग सम्बन्ध भयो र गंगालाल प्रजा परिषदको संस्थापक
सदस्य
बने । प्रजा परिषदले राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न
पर्चा छर् यो । १९९७ सालमा त्यसबेला प्रजा परिषदका
नेता
टकंप्रसाद सहित गंगालाल दशरथ चन्द धर्मभक्त माथेमा र शुक्रराज शास्त्री
सहित धरै
पक्राउ परे । बाहुन भएकाले टंकप्रसादलाई आजन्म कैदको सजाय दिईयो भने
गंगालाल दशरथ
चन्द धर्मभक्त माथेमा शुक्रराज शास्त्री
लाई फासी दिईयो ।
दाजुलाई फासी दिईएको
विरोध र आक्रोसमा पुष्पलालले नेपाली माटोबाट सबै प्रकारका सामान्ती
निरंकुशताको
अन्त्य गरी जनताको गणतन्त्रात्मक शासन व्यवस्था ल्याउने प्रण गर्नु भयो ।
उहाँको राजनैतिक जीवनी
यसप्रकार छ ।
१-कर्मवीर महासभा गठन
२-त्यसपछि गणेशमान सिहंसँगको
सम्पर्क र प्रजापरिषदको सदस्यता ग्रहण- र भारत प्रवास प्रस्थान ।
३-बनारसमा- वि.पी कोईराला डा.डिल्लीरमण रेग्मी गणेशमान
सिंह महेन्द्र विक्रम शाहसँग भेट
नेपाली राष्ट्रिय कांग्रेसको स्थापना यसको
संस्थापक सदस्य र सम्मेलनपछि केन्द्रिय समितिको
सचिब ।
४-अध्यापनको सिलसिलामा
कलकत्ता प्रस्थान कलकत्तामा भारतीय
कम्युनिष्ट पार्टीका स्थाई समिति सदस्य नृपेन्द्र चक्रवति र रत्नलाल
ब्रहामणसँग भेट । निजहरुको प्रेरणामा कम्युनिष्ट पार्टी स्थापनाको पहल र
माक्स्रवादको अध्ययन ।
५-वि.स २००५ मा माक्स्र र
ऐङ्गेल्सद्धारा लिखित कम्युनिष्ट पार्टीको घोषणा पत्र उल्था सर्वप्रथम
नेपाली
भाषामा ।
६- वि०.स २००६ बैशाख १० २२ अप्रिल लेनिन जयन्ती
अबसर
पारेर कम्युनिष्ट पार्टीको तदर्थ समिति गठन र पहिलो पर्चा प्रकाशन ।
७-वि.स २००६ भाद्र ३० सेप्टेम्बर १५ मा कम्युनिष्ट
पार्टीको घोषणापत्र प्रकाशित केन्द्रिय संगठन समिति गठन र संस्थापक महासचिव ।
८-२००८ मा नेपालको कम्युनिष्ट
पार्टीको पहिलो सम्मेलन र नेपाली माटोमा संविधानसभाको माग । संविधानसभाको
निर्वाचन
र निर्वाचित बढिबाट गणतन्त्रात्मक संविधान निर्माणमा जोड ।
९-ने।s।पा को पहिलो
महाधिबेशन र महासचिबवाट हटाईयो ।
१०-०१४ सालमा कम्युनिष्ट
पार्टीको दोश्रो महाधिवेशनमा संविधानसभाको निर्वाचनको माग र
सो निर्वाचन गराउन सबैपार्टी जनवर्गिय संगठनको
गोलमेच सम्मेलनगरी संयुक्त सरकार
निर्माणको कार्यक्रम पेश र महाधिवेशनबाट पारीत- दुर्भागयबस केन्द्रिय
समितिबाट
महासचिव रायमाझी चुनिए ।
११-०१५ सालको संसदिय
निर्वाचनमा भाग लिनु भयो तर नेपाली कांग्रेस दुई तिहाईमा विजयी वी।पी
कोईरालाको
सरकार गठन ।
१२ -राजाद्धारा बनाईएको
संगठनहरु द्धारा संसद र सरकार हटाउने प्रदर्शन क.पुष्पलाले वि.पीलाई सजग हुन आग्रह
वी.पी को over confidence राजा महेन्द्रद्धारा वि.श २०१७ पौषमा १ मा
शैनिक कु संसद र सरकार भंग । वी.पी कोईराला जेल-पुष्पलाल भुमिगत र प्रवास प्रस्थान ।
१३-कम्युनिष्ट पार्टीको
प्लेनमको आग्रह । दरभंगामा भएको प्लेनममा क. पुष्पलालद्धारा उहि
संसद पुनस्र्थापनाको माग ।
१४-महासचिव रायमाझीद्धारा
राजाको कदमको समर्थन । क.पुष्पलालको
अगुवाईमा कम्युनिष्ट पार्टीको अन्तरजोनल सामान्जस्य
समितिको गठन र डा. रायमाझीलाई पार्टी
महासचिवबाट निस्कासन ।
वि।स ०१९ सालमा तेश्रो
महाधिवेशन र पुष्पलालले नयाँ जनवादी कार्यक्रम पेश तुलसीलाल द्धारा
राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम
पेश तुलसीलालको कार्यक्रम पारीत र महासचिव
तुलसीलाल ।
१५-यसअघि वि।स ०१८ बाट सालमा
राजाको निरंकुशता फाल्न र जनतन्त्र
स्थापनका लागि कम्युनिष्ट पार्टी र नेपाली
कंग्रेस लगायत सबै प्रगतिशील र प्रजातन्त्र प्रेमी नागरिकको एकतामा संयुक्त जनआन्दोलनको आहवान गर्दै पुस्तिका
प्रकाशित ।
१६ तेश्रो महाधिवेशनको
नेतृत्व निष्कृय बस्न थालेपछि माओको मान्ने कम्युनिष्टलाई समेट्दै
कम्युनिष्ट
पार्टीको तेश्रो ऐतिहासिक सम्मेलन सम्पन्न र क.पुष्पलाल पुन
महामन्त्री ।
१७ ने.क.पा को चौथो सम्मेलन वि.स ०२९ मा सम्पन्न
शान्तिपुर्ण संयुक्त संघर्ष कानुनी गैरकानुनी दुवैमा जोड । राजाको
निरंकुशता
विरुद्ध झापाली युवा विद्रोहिले गरेको
शसस्त्र संघर्ष र ने.काले गरेको
ओखलढुङ्गा सोलु खोटाङ्ग कब्जाको शसस्त्र
संघर्षको समर्थन ।
१८-०३३ मा देशव्यापी किसान
संघर्षको नेतृत्व ।
१९-वि.स ०३५ श्रावण ७ मा
मुटुको व्यथाबाट भारतको दिल्लीस्थित गोविन्द बल्लभ अस्पतालमा निधन ।
२०-उहाँले प्रतिपादन
गरेको संयुक्त जनआन्दोलनको नीतिबाट ०४६ सालमा राजनत्त्र पराजित र बहुदलिय
संसदिय
व्यवस्थाको आगमन । साथै सोहि नीतिबाट ०६२-६३ को जनआन्दोलनबाट राजतन्त्रको
अन्त्य र
गणतन्त्रको घोषणा ।
२१-आज पनि राजतन्त्रको अन्त्य
भएपनि माफिया र भ्रष्ट कुलक वर्ग बाँकी रहेको र त्यसले सबै पार्टीहरुमा
सुविधा भोग
र सत्ताको भ्रष्टता घुसाएर आम गरीव किसान मजदुर बुद्धिजीवी र सबै वर्गलाई
शोषण
गर्ने परीपाटी कायम रहेको र माक्स्रवाद र लोकतन्त्र विरोधि दम्भ बाकी
रहेकाले सोका
विरुद्ध पुनं वास्तविक प्रगतिशिल तप्का र प्रजातन्त्रवादी शक्ति
मिलि शोषण अन्याय र सबै प्रकारका वर्गिय
जातिय लिङ्गिय भाषिक शोषणका विरुद्ध संयुक्त जनआन्दोलन उठान गर्नु पर्ने ।












