विचार
मेरो सम्झनामा पुष्पलाल

+ Font Size | - Font Size Bookmark and Share
लोककृष्ण भट्टराई - 2010-07-21 04:36:42

.पुष्पलालको जन्म वि.सं १९८१ आषाढ १५ गते रामेछापको भगेरी गाँउमा भएको थियो । उनका पिता सुब्बा भक्तलाल श्रेष्ठ २ नं ईलाकाका प्रमुख प्रशासक थिए राणाकालमा । उनका पिता ओखलढुगाँमा ३ नं प्रशासन प्रमुख भएर गएपछि रामेछाप र ओखलढुङ्गामा उनको बाल्यकाल वित्यो । पछि सिन्धुपाल्चोक १ नं प्रशासन प्रमुख भएर पिता सरुवा  भएपछि त्यहाँ नै उहा र उहाँका दाजु बालिक हुनु भयो ।

 पछि काठमाडौं सरुवा भएपछि दाजु गंगालालको राणा विरोधि संगठन प्रजा परिषदसँग सम्बन्ध भयो र गंगालाल प्रजा परिषदको संस्थापक सदस्य बने । प्रजा परिषदले राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न पर्चा छर्यो ।  १९९७ सालमा त्यसबेला प्रजा परिषदका नेता टकंप्रसाद सहित गंगालाल दशरथ चन्द धर्मभक्त माथेमा र शुक्रराज शास्त्री सहित धरै पक्राउ परे । बाहुन भएकाले टंकप्रसादलाई आजन्म कैदको सजाय दिईयो भने गंगालाल दशरथ चन्द धर्मभक्त माथेमा  शुक्रराज शास्त्री लाई फासी दिईयो ।

    दाजुलाई फासी दिईएको विरोध र आक्रोसमा पुष्पलालले नेपाली माटोबाट सबै प्रकारका सामान्ती निरंकुशताको अन्त्य गरी जनताको गणतन्त्रात्मक शासन व्यवस्था ल्याउने प्रण गर्नु भयो ।  

उहाँको राजनैतिक जीवनी यसप्रकार छ ।

१-कर्मवीर महासभा गठन, पुष्पलाल सुर्यबहादुर भारद्धाज प्रेम ब कंशाकार लगायत मिली यो भूमिगत संगठन खोलेर राणा विरोधि संगठनको अर्को शुत्रपात विं.श १९९८ मा  गरे ।

२-त्यसपछि गणेशमान सिहंसँगको सम्पर्क र प्रजापरिषदको सदस्यता ग्रहण- र भारत प्रवास प्रस्थान ।

३-बनारसमा- वि.पी कोईराला डा.डिल्लीरमण रेग्मी गणेशमान सिंह महेन्द्र विक्रम शाहसँग भेट नेपाली राष्ट्रिय कांग्रेसको स्थापना यसको संस्थापक सदस्य र सम्मेलनपछि केन्द्रिय समितिको  सचिब ।

४-अध्यापनको सिलसिलामा कलकत्ता प्रस्थान कलकत्तामा भारतीय  कम्युनिष्ट पार्टीका स्थाई समिति सदस्य नृपेन्द्र चक्रवति र रत्नलाल ब्रहामणसँग भेट । निजहरुको प्रेरणामा कम्युनिष्ट पार्टी स्थापनाको पहल र माक्स्रवादको अध्ययन ।

५-वि.स २००५ मा माक्स्र र ऐङ्गेल्सद्धारा लिखित कम्युनिष्ट पार्टीको घोषणा पत्र उल्था सर्वप्रथम नेपाली भाषामा ।

६- वि०.स २००६ बैशाख १०  २२ अप्रिल लेनिन जयन्ती अबसर पारेर कम्युनिष्ट पार्टीको तदर्थ समिति गठन र पहिलो पर्चा प्रकाशन ।

७-वि.स २००६ भाद्र ३०  सेप्टेम्बर १५ मा  कम्युनिष्ट  पार्टीको घोषणापत्र प्रकाशित केन्द्रिय संगठन समिति गठन र संस्थापक महासचिव ।

८-२००८ मा नेपालको कम्युनिष्ट पार्टीको पहिलो सम्मेलन र नेपाली माटोमा संविधानसभाको माग । संविधानसभाको निर्वाचन र निर्वाचित बढिबाट गणतन्त्रात्मक संविधान निर्माणमा जोड ।

९-ने।s।पा को पहिलो महाधिबेशन र महासचिबवाट हटाईयो ।

१०-०१४ सालमा कम्युनिष्ट पार्टीको दोश्रो महाधिवेशनमा संविधानसभाको निर्वाचनको माग र  सो निर्वाचन गराउन सबैपार्टी जनवर्गिय संगठनको गोलमेच सम्मेलनगरी  संयुक्त सरकार निर्माणको कार्यक्रम पेश र महाधिवेशनबाट पारीत- दुर्भागयबस केन्द्रिय समितिबाट महासचिव रायमाझी चुनिए ।

११-०१५ सालको संसदिय निर्वाचनमा भाग लिनु भयो तर नेपाली कांग्रेस दुई तिहाईमा विजयी वी।पी कोईरालाको सरकार गठन ।

१२ -राजाद्धारा बनाईएको संगठनहरु द्धारा संसद र सरकार हटाउने प्रदर्शन क.पुष्पलाले वि.पीलाई सजग हुन आग्रह वी.पी को over confidence राजा महेन्द्रद्धारा वि.श २०१७ पौषमा १ मा शैनिक कु संसद र सरकार भंग । वी.पी कोईराला जेल-पुष्पलाल भुमिगत र प्रवास प्रस्थान ।

१३-कम्युनिष्ट पार्टीको प्लेनमको आग्रह । दरभंगामा भएको प्लेनममा क. पुष्पलालद्धारा उहि संसद पुनस्र्थापनाको माग ।  

१४-महासचिव रायमाझीद्धारा राजाको कदमको समर्थन । क.पुष्पलालको अगुवाईमा कम्युनिष्ट पार्टीको अन्तरजोनल सामान्जस्य समितिको गठन र डा. रायमाझीलाई पार्टी महासचिवबाट निस्कासन ।  

वि।स ०१९ सालमा तेश्रो महाधिवेशन र पुष्पलालले नयाँ जनवादी कार्यक्रम पेश तुलसीलाल द्धारा राष्ट्रिय प्रजातन्त्रको  कार्यक्रम पेश  तुलसीलालको कार्यक्रम पारीत र महासचिव तुलसीलाल ।

१५-यसअघि वि।स ०१८ बाट सालमा राजाको  निरंकुशता फाल्न र जनतन्त्र स्थापनका लागि कम्युनिष्ट पार्टी र  नेपाली कंग्रेस लगायत सबै प्रगतिशील र प्रजातन्त्र प्रेमी नागरिकको एकतामा  संयुक्त जनआन्दोलनको आहवान गर्दै पुस्तिका प्रकाशित ।  

१६ तेश्रो महाधिवेशनको नेतृत्व निष्कृय बस्न थालेपछि माओको मान्ने कम्युनिष्टलाई समेट्दै कम्युनिष्ट पार्टीको तेश्रो ऐतिहासिक सम्मेलन सम्पन्न र क.पुष्पलाल पुन महामन्त्री ।

१७ ने.क.पा को चौथो सम्मेलन वि.स ०२९ मा सम्पन्न शान्तिपुर्ण संयुक्त संघर्ष कानुनी गैरकानुनी दुवैमा जोड । राजाको निरंकुशता विरुद्ध झापाली युवा विद्रोहिले  गरेको शसस्त्र संघर्ष र ने.काले गरेको ओखलढुङ्गा सोलु खोटाङ्ग कब्जाको शसस्त्र संघर्षको समर्थन ।  

१८-०३३ मा देशव्यापी किसान संघर्षको नेतृत्व 

१९-वि.स ०३५ श्रावण ७ मा मुटुको व्यथाबाट भारतको दिल्लीस्थित गोविन्द बल्लभ अस्पतालमा निधन ।  

२०-उहाँले प्रतिपादन गरेको संयुक्त जनआन्दोलनको नीतिबाट ०४६ सालमा राजनत्त्र पराजित र बहुदलिय संसदिय व्यवस्थाको आगमन । साथै सोहि नीतिबाट ०६२-६३ को जनआन्दोलनबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा ।  

२१-आज पनि राजतन्त्रको अन्त्य भएपनि माफिया र भ्रष्ट कुलक वर्ग बाँकी रहेको र त्यसले सबै पार्टीहरुमा सुविधा भोग र सत्ताको भ्रष्टता घुसाएर आम गरीव किसान मजदुर बुद्धिजीवी र सबै वर्गलाई शोषण गर्ने परीपाटी कायम रहेको र माक्स्रवाद र लोकतन्त्र विरोधि दम्भ बाकी रहेकाले सोका विरुद्ध पुनं वास्तविक प्रगतिशिल तप्का र प्रजातन्त्रवादी  शक्ति मिलि शोषण अन्याय र सबै प्रकारका वर्गिय जातिय लिङ्गिय भाषिक शोषणका विरुद्ध संयुक्त जनआन्दोलन उठान गर्नु पर्ने ।


Comments - Post Now
* Comments not approved for this content yet
सम्बन्धित
अन्य
Friday, 10th Sep 2010
विदेशमा नेपाली गतिविधि
बाबुराम भंडारी सिंगापुर । नेपाली नारीहरुको महान पर्व तिजका अबसर पारेर सिंगापुरमा पनि नेपाली महिलाहरुले पहिलोपटक हर्षोल्लासका साथ भाद्र २४ गते तिज मनाएका छन । सगरमाथा आरोहि तेम्बा सेर्पाको "हिमाली हावा" सिडी क्यासेटको विमोचन हालै अमेरिकामा भएको छ । क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, गोपाल अधिकारी अथवा टवाकेन्द्रका साथमा नेपाली आधुनिक गायक याम बराल र गायिका नलिना चित्राकारको भव्य प्रश्तुति रहेको कार्यक्रम सान फ्रान्सिस्को स्थित हिलटन होटलमा यहि सेप्टम्वर ८ मा सम्पन्न भएको छ । ध्रुव थापा । नेपाल विश्व सहयोग संघले अब आफ्नो ध्यान च्यटरहरुलाई ब्यबस्थित गर्ने तथाअमेरिकी राज्यहरुमा सङठन बिस्तार तिर केन्द्रित भएको छ । कृष्णप्रकाश श्रेष्ठमास्को ४ सेप्टेम्बर २०१० शनिवार । रुसको राजधानी मास्कोको स्थापना भएको ८६४ वर्ष पुरा भएको अबसरमा ४ सेप्टेम्बरका दिन युरोपकै सर्वोच्च हिमशिखर पूर्वी चुचुरो ५६२९ मिटर र पश्चिमी चुचुरो ५६४२ मिटर एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत गरिएको छ लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् ।
थप समाचारहरु More News
साहित्य
तीजको गीत-सुशिला कार्की, लण्डन -
आमाको मिठो मनमा गुन्जने माया भित्र छम्म छाम नाच्दै भित्रियाछ तीज नेपाली घर आँगनमा
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: